काठमाडौं । मनकामना केवलकारमा तीनवटा गोन्डोला थप गरिएको छ । तीनवटा डिब्बा थपिएसँगै केबलकारमा कुल ३४ वटा डब्बा पुगेको छ ।
नयाँ थपिएका तीन गोन्डोलाबाट दैनिक थप एकहजार यात्रुले मनकामना जान आउन पाउने कम्पनीले जनाएको छ । यसरी थप भएका गोन्डलाको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले गरे ।
मन्त्री अधिकारीले नेपालको पर्यटन क्षेत्रमा मनकामना केवलकार ईन्नोभेसनमार्फत स्थापित भएको डेस्टिनेसन भएको बताए । बिसं.२०५५ साल मंसिर ८ गते सञ्चालनमा आएको केवलकारमा वार्षिक १० लाख यात्रु चढ्ने गरेका छन् ।

