काठमाडौं । हिरोले केही दिन अघि मात्र सार्वजनिक गरेको एक डकुमेन्टमा नयाँ मोटरसाइकलको नाम मार्भिक ४४० हुने उल्लेख थियो । त्यसपछि पहिलो पटक मार्भिक ४४० को परिक्षण भइरहेको तस्बिरहरु बाहिर आएका हुन् ।
हिरो मोटोकर्पले २०२३ जुलाईमा हार्लेसँगको सहकार्यमा एक्स ४४० सार्वजनिक गरेको थियो । त्यसमै आधारित भएर मार्भिक ४४० मोडल हिरोले ल्याउन लागेको बताइन्छ ।
परिक्षणको क्रममा देखिएको मार्भिक ४४० मा टेलिस्कोपिक सस्पेन्सन देखिएको छ । कम्पनीले मार्भिक ४४० लाई रोयल इनफिल्डसँग प्रतिस्पर्धा गर्नेगरी ल्याउन लागेको हो ।
हार्ले एक्समा जस्तै हिरो मार्भिक ४४० मा रेट्रो डिजाइन, टर्न इन्डिकेटर तथा हेडल्याम्प प्रयोग भएको देखिन्छ । यसलाई जनवरी अन्तिमसम्ममा बजारमा ल्याउने तयारी भइरहेको छ ।
हिरोले ल्याउने प्रिमियम नेकेड मोटरसाइकलमा दिइएको इन्जिनले २७ बीएच पावर तथा ३४ एनएम टर्क जेनेरेट गर्छ । यसमा डबल च्यानल एबीएस, अलोय ह्वील, एलइडी इन्डिकेटर जस्ता फिचर उपलब्ध हुनेछ ।


