काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी हुन्डाई मोटर्सले भबिष्यको लागि भन्दै पेट्रोलियम, इलेक्ट्रीक र फ्यूलसेल प्रविधिमा एकसाथ काम गरिरहेको छ । कम्पनीले सन् २०१८ देखिनै हाइड्रोजन फ्यूलसेलबाट चल्ने ‘नेक्सो’ मोडल उत्पादन र बिक्री वितरण गर्दै आएको छ ।
हुन्डाईले गाडी मात्र नबनाई हाइड्रोन नै उत्पादन गर्ने नयाँ प्रविधिमा काम गरिरहेको छ । अमेरिकाको लस एन्जलसमा भएको ‘कन्जुमर इलेक्ट्रीक शो २०२४’मा कम्पनीले ‘वेस्ट टु हाइड्रोजन’ र ‘प्लास्टीक टु हाइड्रोजन’ प्रविधि देखाएको हो ।
यी दुबै प्रविधिबाट हाम्रो दैनिक जीवनमा उत्पादन हुने बढि भएको खाना, पशुपंछीको फोहोर र अन्य घरायसी फोहोर जस्ता अर्गानीक वेस्टबाट वायोग्यास उत्पादन गरेर कार्वनडाइ अक्साइड हटाएर हाइड्रोन बनाउन मिल्छ ।
त्यस्तै, प्लास्टीकबाट हाइड्रोन बनाउँदा प्लास्टीकलाई पगाल्दा निस्कने ग्यासबाट अन्य तत्वहरुलाई हटाइ हाइड्रोजन उत्पादन गर्न सकिन्छ । यो प्रविधिको प्रयोग हुन थालेपछि पर्यावरणीय रुपमा दिगो तरिकाले हाइड्रोजन उत्पादन हुनेछ ।
कम्पनीले फोहोरबाट हाइड्रोजन बनाउनका लागि इन्डोनेशियाको जावा सहरको पश्चिममा मिनीहव बनाउने छ । उक्त स्थानमा लोकल कम्यूनीटीले फालेको फोहोरबाट हाइड्रोजन बनाउने योजना सार्वजनिक गरेको हो ।
हुन्डाईले मेटेरियल सायन्स फर्म ‘डब्लु एल गोर एण्ड असोसियट्’सँगको सहकार्यमा एड्भान्स पोलिमर इलेक्ट्रोलाइट मेम्ब्रेनको समेत विकास गरिरहेको छ । उक्त नयाँ टेक्नलोजीको प्रयोग सन् २०२५ मा लन्च हुने ‘नेक्स्ट जेनेरेशन नेक्सो’मा हुनेछ ।

