पूर्ण नयाँ डिजाइन र तीन अप्सनमा आउँदै रेनो क्याप्चर

काठमाडौं । कुनै समय नेपालमा पनि बिक्री वितरण भएको रेनो क्याप्चर यूरोपियन बजारमा सफल क्रसओभर हो । रेनोले क्याप्चरलाई पृथक डिजाइनको साथ अन्तर्राष्ट्रिय बजारमा पुनः उतार्ने तयारी गरेको छ ।

केही दिनअघि इन्टरनेट मार्फत बाहिर आएको तस्बिर अनुसार क्याप्चरको फ्रन्ट डिजाइन, बडी डिजाइन र पछाडिको भागमा पूर्णत नयाँ डिजाइनमा देखिएको छ ।

नयाँ क्याप्चरमा दिइएको अगाडिको डिजाइन र एरो सेपको एलइडी लाइटको संयोजन उत्कृष्ट देख्न सकिन्छ ।

यसको एक्टेरियर जस्तै इन्टेरियर पनि विल्कुलै नयाँ देखिन्छ । क्याप्चरमा ठूलो साइजको टचस्कृन डिस्प्ले, स्पोर्टी स्टेरिङ, आधुनिक सुरक्षा फिचर रहने छन् ।

रनो क्याप्चरमा तीन सिलिण्डर प्योर पेट्रोल, फुल्ली हाइब्रिड र प्लगइन हाइब्रिड इन्जिन गरेर तीन अप्सन पाउन सकिने छ । यसलाई फ्रेन्च निर्माताले सन् २०२४ को अन्त्यसम्ममा विश्व बजारमा उतार्ने अपेक्षा गरिएको छ ।


Back_to_top