काठमाडौं । चेरी मोटर्सको सहायक कम्पनी अमोडाको इलेक्ट्रीक एसयूभी ई–५ नेपाल भित्रिएको छ ।
अमोडाको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले अमोडा ई–५ नेपाल ल्याएको हो । कम्पनीका अनुसार ‘डेमो भेहिकल’को रुपमा ल्याइएको ई–५ रसुवागढी भन्सार नाकाबाट आज/भोलिसम्म काठमाडौं आइपुग्ने छ ।
उक्त गाडी आगामी फेब्रुअरीदेखि बिक्री सुरू हुने एसपीजी अटोमोबाइलले जनाएको छ । कम्पनीले केही दिन अघि मात्रै अमोडा ई–५ को मूल्य ५९ लाख ४९ हजार रुपैयाँ तोकेको थियो ।
अमोडा ई–५ मा बीवाइडीको सहायक कम्पनी फिन ड्रिमले उत्पादन गरेको ब्लेड ब्याट्री प्रयोग भएको छ । यो मोडलको सिधा प्रतिस्पर्धा पनि बीवाइडीको एटो–३ सँग हुने देखिन्छ ।

अमोडा ई–५ मा ६१ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यसले सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । यसको ग्राउण्ड क्लियरेन्स १८० एमएमको रहेको छ ।

