होन्डा मोटरसाइकल किन्दा ७ वर्ष निःशूल्क सर्भिसिङ

काठमाण्डौं । होन्डा मोटरसाइकले होन्डा छ साथ-साथ योजना सार्वजनिक गरेको छ । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङ कम्पनीले नयाँ नगद तथा निशूल्क सर्भिससहितको अफर सार्वजनिक गरेको हो ।

यो योजना अन्तर्गत ग्राहकले हरेक मोटरसाइकलको खरिदमा स्क्र्याचमार्फत ७ हजारसम्म नगद छुट र ७ वर्षसम्मकै निशूल्क सर्भिसिङ पाउनेछन् ।

यो अफर नेपालभर रहेको होन्डको आधिकारिक शोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

योसँगै स्याकार ट्रेडिङले होन्डा एसपी १२५ को विक्री सुरु गर्ने तयारी गरेको छ । ३ लाख मूल्य हाराहारीमा नयाँ मोटरसाइकल ल्याउने तयारी भइरहेको कम्पनीले बताएको छ ।


Back_to_top