काठमाडौं । अमेरिकी इलेक्ट्रीक बाइक कोल्टर नेपाल आएको छ । इन्ड्यूरो मोटर्सले कोल्टर ब्रान्डको मोटार्ड र डर्ट गरी दुई मोडल नेपाली बजारमा उपलब्ध गराएको हो ।
कम्पनीले नेपाल ल्याएको डर्ट मोडल ‘ईएस १ एक्स प्रो’ हो भने मोर्टाड मोडलमा ‘ईएस १ एस प्रो’ रहेको छ । कम्पनीले नेपाल ल्याएको यो पहिलो इलेक्ट्रीक डर्ट मोटरसाइकल हो ।
इन्ड्यूरो मोटर्सले नेपाली बजारमा इनर्जीका तथा ईभोक ब्रान्डको इलेक्ट्रीक मोटरसाइकल समेत विक्री गर्दै आएको छ ।
कम्पनीले ल्याएको दुबै इलेक्ट्रीक मोटरसाइकलमा ७२ भोल्ट ३२ एम्पीयर आवरको सामसङको लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । यसमा सिंगल र डबल ब्याट्रीको अप्सन पाउन सकिन्छ । यी मोटरसाइकल फुलचार्ज गर्न ३ देखि ६ घन्टा समय लाग्छ । यसलाई एक पटक फुल चार्ज गरेर १५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले बताएको छ ।

यसमा ११ किलोवाट पीक क्षमताको मोटर दिइएको छ ।
यसको मुख्य फिचरको रुपमा कि-लेस अपरेशन, ब्युल्ट इन अर्लाम, लिट ड्यास वोर्ड, डिजिटल डिस्प्ले लगायत रहेको छ ।
कम्पनीले यी दुबै मोडलका मोटरसाइकलको मूल्य ७ लाख ७५ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।

