काठमाडौं । मोरङको बेलबारीमा टिप्परको ठक्करबाट बोलेरोमा सवार तीन जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका-३ पुरानो मालपोत अगाडि प्रदेश १ ख ९६७६ नम्बरको टिप्परले मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिएको थियो ।
मोरङका प्रहरीका अनुसार बोलेरोमा सवार ३ जनाको मृत्यू भएको हो । टिप्परले ठक्कर दिएको बोलेरो उछिट्टिएर प्रदेश ३, ००१ ख २७१८ नम्बरको बसमा ठोकिएको थियो ।
दुर्घटनाबाट बोलेरोमा सवार कमल गाउँपालिका-२ झापाका ५२ वर्षीय यदुकान्त भट्टराई, सोही ठाउँका ४४ वर्षीया गीता खनाल र ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
गम्भिर अवस्थामा रहेका कमल गाउँपालिकाका ४८ वर्षीया गायत्री भट्टराई र ४६ वर्षीय हरी खनालको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।


