धेरै फिचर थपिएर आउँदै आयोनीक-५, रेन्ज पनि बढ्ने

काठमाडौं । हुन्डाईको सफल इलेक्ट्रीक क्रसओभर मोडल आयोनीक-५को २०२४ भर्सन आउने भएको छ । नयाँ भर्सनमा फिचर थपसँगै ब्याट्री साइज पनि बढेर आउने भएको हो ।

नेपाली बजारमा आयोनीक-५ को सर्ट सेन्ज मोडल मात्रै उपलब्ध रहेको छ । तर, अन्तर्राष्ट्रिय बजारमा यसको धेरै अप्सन किन्न पाइन्छ । नेपालमा ५८ किलोवाट आवर क्षमताको ब्याट्रीमा उपलब्ध आयोनीक-५ को लङ रेन्जमा ७७.४ किलोवाट आवरको ब्याट्री थियो । अब ७७.४ किलोवाट आवरको सट्टामा ८४ किलोवाट आवर क्षमताको ब्याट्री दिइने भएको हो ।

लङ रेन्ज मोडलले यसअघि ४८७ किलोमिटरसम्म रेन्ज प्रदान गर्ने बताइएको थियो । नयाँ ब्याट्रीले सिंगल चार्जमा ५३० किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ । नयाँ अपग्रेड भएर आउने मोडल पनि अल ह्वील र रियर ह्वील ड्राइभ सिस्टमा उपलब्ध हुनेछ ।

‘ओभर दी एयर’ (ओटीए) सफ्टवेयर अपग्रेड सिस्टम, नयाँ स्टेवल सस्पेन्सन थप गरेर आयोनीक-५ ल्याउन लागेको हो । यसको सुरक्षा र पर्फमेन्स सुधार भएर आउन लागेको कम्पनीको भनाइ छ ।

कम्पनीले नयाँ आयोनीक-५ मा पछाडि वाइपर पनि दिने भएको छ । साथै, ड्यासबोर्डमा केही फिजिकल बटमहरु थपेर ल्याउन लागेको हो । यसलाई छिट्टै कोरियन मार्केटबाट बिक्री सुरु गर्ने होन्डाईले योजना बनाएको छ ।


Back_to_top