काठमाडौं । एआईयू इलेक्ट्रीक मोटरसाइकल नेपाल आउने भएको छ । एनआईयू आरक्यूआई नेपाल आउने भएको हो ।
एनआईयू इलेक्ट्रीकको नेपालका लागि इको इन्फिनिटीले आफ्नो पहिलो मोटरसाइकल नेपाल ल्याउने भएको हो ।
नेपालमा सुरुवाती दिन देखिनै इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको कम्पनीले ७.५ किलोवाट क्षमताको स्पोर्टी इलेक्ट्रीक मोटरसाइकल ल्याउने आफ्नो सोसल मिडियाबाट जानकारी दिएको छ ।
कम्पनीले ल्याउने तयारी थालेको आरक्यूआईमा ७.५ किलोवाट क्षमताको मोटर उपलब्ध रहेको छ । यसमा ५ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री उपलब्ध रहेको छ । यसमा रहेका व्याट्रीलाई ४ घन्टा लगाएर चार्ज गर्न सकिन्छ भने फुल चार्जमा १०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ । यसको टप स्पीड १०० किलोमिटर क्षमता रहेको छ ।
यो मोटरसाइकलमा एन्टिलक ब्रेकिङ सिस्टम, जिपीएस, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम जस्ता फिचर उपलब्ध छन् । यसमा सबै एलइडी लाईट, डबल डिस्क ब्रेक, कि–लेस कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।


