अब १२५ सीसीमा आयो सुजुकी जिक्सर, यस्ता छन् विशेषता

सुजुकीले नयाँ मोडलको मोटरसाइकल सार्वजनिक भएको छ । कम्पनीले नयाँ मोटरसाइकल २०१९ सुजुकी जीक्सर–एस–१२५ लाई इटलीको मिलानमा जारी EICMA अन्तर्राष्ट्रिय मोटर शो–२०१८ मा सार्वजनिक गरेको हो । 

गत अगष्टमा सुजुकीले युकेमा सुजुकी जीएसएक्स–आर–१२५ का लागि आवश्यक एसेसरीज तथा ग्राफिक किट सार्वजनिक गरेको थियो । 

ग्लोवल–स्पेक सुजुकी जीएसएक्सस–एस–१२५ ले यामाहा एमटी–१२५, केटीएम–१२५ डूक, कावासाकी जेड–१२५, र अप्रिला टुओनो–१२५ लगायत अन्य बाइकहरूसँग प्रतिस्पर्धा गर्नेछ । 

२०१९ सुजुकी जीएसएक्स–एस–१२५ को फ्रन्टमा २९० एमएम पेटल–डिस्क, ड्यूल पिस्टन क्यालिपर तथा रियरमा १८७ एमएम पेटल–डिस्क, सिङ्गल पिस्टन क्यालिपर दिइएको छ । ड्यूल च्यानल एबीएसको साथमा बजारमा आउनेछ । बाइकमा १७ इन्च १० स्पोक–लाइटवेट अलोए–ह्वील दिइएको छ, जसलाई फ्रन्टमा ९०–८० प्रोफाइल र रियरमा १३०–७० ट्यूवलेस टायर दिइएको छ । 

२०१९ सुजुकी जीएसएक्स–एस–१२५ मा १२४ सीसी, सिङ्गल सिलिन्डर, फोर–स्ट्रोक, फ्यूल इन्जेक्टेड, लिक्विड कुल्ड मोटर इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले १५ पीएस पावर र ११.५ एनएम–टर्क उत्पादन गर्छ । यसमा सिक्स–स्पीड गियरबक्स जडान गरिएको छ । २०१९ सुजुकी जीएसएक्स–एस–१२५ को तौल १३३ किलोग्राम रहेको छ । 

२०१९ सुजुकी जीएसएक्स–एस–१२५ मा एएलईडी हेडलाइट, एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, स्प्लीट–सिट, कलर–कोड अलोए–ह्वीलजस्ता फिचरहरू समावेश छन् । साथै, यस बाइकमा ईजी स्टार्ट सिस्टम, लो–आरपीएम एसिस्ट तथा किलेस इग्नीसन दिइएको छ । एलसीडी मोनिटरले इन्जिन आयल चेञ्ज इन्डिकेटर, कुलेन्ट टेम्प्रेचर तथा प्रोगामएवल इन्जिन आरपीएम इन्डिकेटरमा देखाउँछ । 


Back_to_top