सर्ट रेन्ज एटो-थ्रीको औषत आयात मासिक १०० यूनिट, फागुनमा कति आयो ?

काठमाडौं । अहिलेको सर्वाधिक चर्चित इलेक्ट्रीक एसयूभी एटो-थ्रीको सर्ट रेन्ज मोडल नेपाल आएदेखि नै निकै चल्तीमा रहेको छ । मूल्यको हिसावले झण्डै लङ रेन्ज (सुपेरियर)को तुलनामा सर्ट रेन्ज (एड्भान्स) मोडल ११ लाख रुपैयाँले सस्तो छ ।

फिचरमा कम मात्रै फरक र मूल्यमा ठूलो अन्तर भएसँगै एटो-थ्रीको एड्भान्स मोडलको बिक्री धेरै भएको हो । उस्तै डिजाइन, सिट, ड्यासबोर्ड पाइने एड्भन्समा सामान्य लाग्ने फिचर मात्रै फरक रहेको छ । ह्वीलमा भने राम्रै अन्तर पाउन सकिन्छ ।

बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले साउनदेखि नेपाल ल्याउन थालेको एटो-थ्री एड्भान्स मोडल साउनमा ८० यूनिट, भदौमा ९४ यूनिट, असोजमा १०३ यूनिट, कार्तिकमा ११९ यूनिट, मंसिरमा ९७ यूनिट, पुसमा १६७ यूनिट र फागुनमा १३७ यूनिट आयात भएको भन्सार तथ्यांकमा देखिन्छ ।

आठ महिनाको अवधिमा साइमेक्स इंकले ७९७ यूनिट सर्ट रेन्ज एटो-३ नेपाल ल्याएको छ । यहि आठ महिनामा एटो–थ्री सुपेरियर मोडलको आयात भने ७९४ यूनिट भएको छ । दुबैमा कडा टक्कर चलिरहेको छ ।

लङ रेन्ज मोडलको सफलतासँगै नेपाल आएको एड्भान्स मोडलको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा ५० किलोवाट आवरको ब्याट्री दिइएको छ । यसको रेन्ज ३४५ किलोमिटर रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ ।


Back_to_top