काठमाडौं। महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपले सञ्चालन गरेको ‘महिन्द्रा उत्सव २०२३’ योजनाका विजेता घोषणा गरेको छ। अग्नि ग्रुपले बम्पर लक्की ड्रमार्फत पुरस्कार विजेता घोषणा गरेको हो।
वीरगञ्जका आदेश कुँवरले महिन्द्रा इलेक्ट्रिक तीनपांग्र्रे रिक्सा–ट्रियो यारी, बिर्तामोडका मिसेक फयाकले जाबा–फोर्टी टु मोटरसाइकल र चरीकोटको देवकोटा निर्माण सेवाले पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर प्राप्त गरेका छन्।
कम्पनीले विश्वकर्मा पुजा, दसैं, तिहार र छठ पूजालाई लक्षित गरी योजना सार्वजनिक गरेको थियो। भाग्यशाली विजेतालाई स्थानीय कार्यक्रममार्फत उपहार वितरण गरिने कम्पनीले बताएको छ।


