काठमाडौं । नेपाली बजारमा उपलब्ध मुख्य ब्राण्डले बिक्री गर्ने इन्ट्री मोडलको मूल्य कति पर्ला भन्ने जिज्ञासा हुनु स्वभाविक हो । नेपाली बजारमा अहिले दुई दर्जन बढी ब्राण्डका कार बिक्री हुँदै आएका छन् ।
ब्राण्ड अनुसार इन्ट्री लेभल मोडल पनि फरक हुनेनै भयो । हरेक ब्राण्डले आफ्नो लक्षीत वर्ग तय गरेर गाडी बजारमा ल्याउने भएको कारण इन्ट्री भेरियन्टको मूल्य पनि फरक हुन्छ ।
कम मूल्यका इन्ट्री भेरियन्टमा दबदबा इलेक्ट्रीक कारले बनाएका छन् । सेरेस ई-१, एमजी कोमेट, टाटा टियागो, विलिङ एयर जस्ता मोडल कम मूल्यका छन् । यी हरेक ब्राण्डका नेपालमा उपलब्ध इन्ट्री मोडल हुन् ।
त्यसैगरी महंगा इन्ट्री मोडलमा बीएमडब्लू, फोर्ड, माज्दा, जीप जस्ता ब्राण्ड छन् । यी ब्राण्डका इन्ट्री भेरियन्टको मूल्य १ करोडदेखि २ करोडसम्म छन् ।



