काठमाडौं । एमजी मोटर्सले बीवाइडी डल्फीनसँग सिधा प्रतिस्पर्धा गर्ने ह्याचव्याक कार भारतमा परिक्षण सुरु गरेको छ । कम्पनीले एकपछि अर्को नयाँ मोडल भारतमा ल्याउने यसअघि नै घोषणा गरेको थियो ।
चिनियाँ एसएआईसी ग्रुपको एमजीमा भारतीय जेएसडब्लू ग्रुपले साझेदारी गरेसँगै एमजी ब्राण्डले प्रत्येक ६ महिनामा नयाँ मोडल लन्च गर्ने योजना सार्वजनिक गरेको थियो ।
एमजीले परिक्षण गरिरहेको क्लाउड ईभीको लम्बाई ४२९५ एमएम, चौडाई १८५० एमएम र उचाई १६५२ एमएम छ । जुन साइजले सिधा प्रतिस्पर्धा डल्फीनसँग गर्ने देखिन्छ ।
एमजी क्लाउड ईभीमा ३७.९ र ५०.६ किलोवाट आवरको दुई फरक ब्याट्री प्याक रहने छ । उक्त ब्याट्रीले ३६० किलोमिटर र ४६० किलोमिटरको रेन्ज दिने दावी गरिएको छ ।
यसको इन्टेरियरमा ८.८ इन्चको फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लस्टर र १०.१ र १५.६ इन्चको सेन्टर कन्ट्रोल स्कृन रहने अनुमान गरिएको छ । यो ईभीमा कनेक्टीभीटी ‘लिङ ओएस २.० इकोलोजिकल ककपीट’ रहने छ । सेफ्टीका लागि एडास फिचरसहितका आधुनिक फिचर रहने छ ।

