काठमाडौं । चीनको अग्रणी अटोमोवाइल कम्पनी चेरीले दुई वटा कम मूल्यका कार बजारमा ल्याएको छ । चीनमा बिक्री सुरु भएको चेरीका आइसक्रिम र लिटिल एन्ट कार बजारमा आएको हो ।
चेरीले लन्च गरेको आइसक्रिम मोडलको मूल्य ४ हजार १०० देखि ६ हजार अमेरिकी डलर तोकिएको छ । लिटिल एन्टको मूल्य भने ८ हजार २ सयदेखि १० हजार ३०० अमेरिकी डलर छ ।
चेरीको आइसक्रिममा रियर माउण्टेड २० किलोवाटको इलेक्ट्रीक मोटर र दुई फरक पावरका ब्याट्री पाउन सकिन्छ । आइस क्रिम मोडलमा २७ हर्सपावर र ८५ न्यूटन मिटर टर्क दिने मोटर छ ।
अइसक्रिम मोडललाई भेनीला र मिल्कसेक भेरियन्टमा बजारमा ल्याइएको छ । भेनीलाले १२० किलोमिटरको र मिल्कसेकले २०५ किलोमिटर रेन्ज दिन्छ । यो मोडलका सबै कारहरु प्योर ग्रिन एक्सटेरियर कलरमा छन् ।

चेरीले आइसक्रिम मोडलमा स्ट्याडर्ड फिचरको रुपमा रिभर्स क्यामरा सहित ९ इन्चको टचस्कृन डिस्प्ले दिएको छ । यो कारको लम्बाई २९२० एमएम, चौडाई १४९६ एमएम, उचाई १६३७ एमएम र १९६० एमएमको ह्वीलवेस दिइएको छ ।
चेरीले ल्याएको लिटिल एन्टको डिजाइन अलि फरक छ । यसमा आकर्षक हेडलाइट, क्लोज फ्रन्ट ग्रिल, स्क्वायर लाइनको एक्स सेपको डिजाइन तथा लोअर बम्परमा कालो कलर प्रयोग भएको छ ।
लिटिल एन्टमा चेरीको लोगोको सट्टामा क्यूक्यू अक्षर लेखिएको छ । साइडबाट अनौठो डिजाइनको रहेको यो कारमा अपवार्ड स्लोपिङ वेस्टलाइन, थोरै फैलिएको फ्रन्ट र रियर फेन्डर, इनक्लोज ह्वील रिम प्रयोग भएको छ ।
रियरमा सानो साइजको टेलगेट, ठूलो साइजको कालो बम्पर तथा सानो साइजको रुफ स्पोइलरले कारलाई आकर्षक बनाएको छ । लिटिल एन्टको लम्बाई ३२०० एमएम, चौडाई १६७० एमएम र उचाई १५५० एमएमको रहेको छ । यो कारको ह्वलवेस भने २१५० एमएम छ ।
लिटिल एन्टको क्यावीनमा फुल्ली डिजिटल इन्ट्रुमेन्ट प्यानल तथा ड्यास बोर्डको बीचमा टचस्कृन डिस्प्ले छ । स्मार्टफोन कनेक्टीभीटी फिचर भएकाले धेरै फङ्सनहरु टाढाबाटै कन्ट्रोल गर्न सकिन्छ । ड्यूलटोन कलरको क्यावीन रहेको यो कारमा व्ल्याक इन्टेरियरमा हरियो कलरको स्टीचीङ पाउन सकिन्छ ।
लिटिल एन्टमा रियर माउण्टेड इलेक्ट्रीक मोटर छ । उक्त मोटरले अधिकतम ४१ हर्सपावर तथा ९५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यसमा दिएको २५.०५ किलोवाट आवरको व्याट्री प्याकले २५१ किलोमिटर र २९.२३ किलोवाट आवर व्याट्री प्याकले ३०१ किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ । सानो कारले डिसी फास्ट चार्जर समेत सपोर्ट गर्छ ।

