बैशाख ४ गतेबाट रिकन्डिसन मेला, ३२ भन्दा बढी स्टल रहने

काठमाडौँ । सरल सेलरस क्रेडिट एडभाइजरी प्राइभेट लिमिटेडको आयोजनामा सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निभल हुने भएको छ । बैशाख ४ देखि ८ गतेसम्म ‘सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निवल तथा लिस्टिङ बजार अटो शो २०२४’ हुने भएको हो ।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त अटो शोमा सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एवंम् अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको भव्य प्रदर्शनी हुने आयोजकले जनाएको हो ।

कार्यक्रमका संयोजक चक्र खड्का अनुसार उक्त कार्निभलमा विभिन्न अटोमोबाइल ब्राण्डहरू साथै रिकण्डीशन व्यवसायीहरू लगायतका संस्थाहरुको सहभागीता हुनेछ ।

प्रदर्शनीमा ठूला तथा साना गरी ३२ वटा स्टल र ब्लकहरू रहने छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट-पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहनेछ।

प्रदर्शनीको सपोटिङ पार्टनरमा सहारा भेन्चर ग्रुप, टिकेटिङ पार्टनरमा प्रभु-पे, इन्स्यारेन्स पार्टनरमा आइजीआइपी, फुड एन्ड बेभरेज पार्टनरमा स्काई ल्याण्ड लाउन्ज एन्ड बार, क्वालिटी एसोरेन्स पार्टनरमा मोटर होम नेपाल र मेरो मोटो, स्टन्ट पार्टनरमा स्टन्ट बम्स, सर्भिस पार्टनरमा पिटस्टप, फाइनान्स पार्टरमा तपाईको बजार रहेको आयोजकले जनाएको छ ।

त्यस्तै प्रोडक्ट पार्टनरमा सिएटसपी, इनटरनेट पार्टनरमा डिसहोम फाइबरनेट, ब्लुबुक रिनुअल पार्टनरमा स्मार्टसेवा, लजिस्टक पार्टनरमा नेपाल क्यान मुभ, मोबीलिटी पार्टनरमा टयाक्सीमाण्डुतथा जुमजुम, इकमर्श पार्टनरमा हुलाकी, बेभरेज पार्टनरमा आरसीकोला, डिजिटल पार्टनरमा प्रमोशन नेपाल, लिस्टिङ पार्टनरमा लिस्टिङ बजार र टायर पार्टनरमा अपोलो टायर्स रहेको मेला संयोजक चक्र खड्का जानकारी दिए ।

पाँच दिनसम्म चल्ने उक्त मेलामा ५० हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको छ।


Back_to_top