जावाको दुई मोडल भयो अपग्रेड, थपिए केही फिचर

काठमाडौं । क्लासिक लेजेन्ड नामले परिचित जावा मोटरसाइकल कम्पनीले आफ्ना दुई मोडललाई अपग्रेड गरेको छ । कम्पनीले अपग्रेड भएका पेराक ३५० र बब्बर ४२ को भारतमा सार्वजनिक गरेको हो ।

जावाले फिचरहरु थप गरेर जावा ४२ बब्बरलाई दुई भेरियन्टमा ल्याएको छ । जसमा मिस्टिक कप्पर भेरियन्टको मूल्य २ लाख १९ हजार रुपैयाँ र जेस्पर रेड डुवल टोन भेरिएन्टको मूल्य २ लाख २० हजार रुपैयाँ (एक्स शोरुम) तोकेको छ । कम्पनीले जावा पेरकको मूल्य २ लाख १३ हजार १८७ रुपैयाँ (एक्स शोरुम) निर्धारण गरेर सार्बजनिक गरेको हो ।

नियो रेट्रो डिजाइन एलिमेन्टमा उपलब्ध भएको जावा बब्बरमा डाइमन्ड कट अलोय ह्वील, ट्युवलेस टायर, ड्यूल च्यानल एबीएस, मोनोसक एब्जर्बर र ७ स्टेपको एड्जस्टेवल सस्पेन्सन पाउन सकिन्छ । यसमा फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ ।

कम्पनीले यी दुबै मोटरसाइकलमा समान ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्वीड कूल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ७५०० आरपीएममा २९ ब्रेकहर्स पावर र ५५०० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ । दुबै मोटरसाइकलमा ६ स्पीडको गियरबक्ससँगै स्लीपर असिस्ट क्लच छ ।

त्यस्तै, जावाको सबैभन्दा लोकप्रिय रहेको मोडल पेराक स्टील्थ म्याट ब्लाक र म्याट ग्रे डुवल टोन डिजाइनमा तयार भएको मोडल हो । यसमा क्लासिक स्टाइलको कटन ट्यान सीट, स्टील ट्याङ्क ब्याजिङ र प्mयुल क्याप दिइएको छ ।

नयाँ फुटपेग, नयाँ एड्जस्टेवल मोनोसक सस्पेन्सन, हाइड्रोलीक फर्क, ड्यूल च्यानल एबीएस, ट्युवलेस टायर, सेमी डिजिटल कन्सोल, डिजिटल ओडोमिटर जस्ता फिचरहरु यस मोटरसाइकलमा पाउन सकिन्छ ।


Back_to_top