काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट माग भए बमोजिम ट्राफिक प्रहरीहरुलाई विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापन सम्बन्धी तालिम दिएको छ ।
तालिममा विद्युतीय गाडी सम्बन्धी जानकारी, सुरक्षाका उपायहरु र दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानिहरुका बारेमा बिस्तृत रुपमा जानकारी गराइएको थियो ।
यही चैत्र ५ गते, १३ गते, १९ गते र २३ गते आयोजना भएको उक्त कायक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ६० जना ट्राफिक प्रहरीहरु सहभागी भएका थिए ।
तालिम पश्चात् सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक जीवन कुमार श्रेष्ठले तालिममा सहभागी ट्राफिक प्रहरीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा सहभागी भई विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापन तालिम प्राप्त गरेका ट्राफिक प्रहरीहरुलाई सिप्रदीका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

