टीभीएस मोटर कम्पनीले आरटीआर १८० को नयाँ भर्सन भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ३० लाख यूनिट अपाची बाइक बिक्री गरेको अबसरमा यो नयाँ मोडल सार्वजनिक गरेको हो ।
योसँगै अपाचेको सबै मोडलका बाइकको अपग्रेड भर्सनसमेत पुरा भएको छ । कम्पनीले अपाचे १८० मा कस्मेटीक बाहेक कुनै परिर्वतन नगरेको जनाएको छ । यसमा कम्पनीले रेसिङ लूक्स दिएको छ भने, डायल आर्ट स्पीडोमिटर दिइएको छ । ह्यान्डल बारमा थोरै परिर्वतन गरिएको छ ।
अपाचे १८० नयाँ भर्सन बिभिन्न ५ कलरमा उपलब्ध हुनेछ । पर्ल ह्वाइट, ग्लोस ब्ल्याक, टी ग्रे, मेट ब्लु तथा मेट रेडमा उपलब्ध रहेको छ । नयाँ भर्सन १८० मा रेगुलर जस्तै १७७ सीसी सिगंल सिलिन्डर इन्जिन दिइएको छ । जसले ८५०० आरपीएममा १७.३ बीएचपी पावर तथा ६५०० आरपीएममा १५.५एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ गियरको ट्रान्समिसन दिइएको छ ।
फ्रन्टमा २७० एमएम तथा रियरमा २०० एमएमको डिस्क ब्रेक साथै डबल च्यानल एबिएस दिएको छ । यो सेग्मेन्टमा अपाचे आरटीआर १८० पहिलो डबल च्यानल एबिएस भएको बाइक बनेको छ ।
बाइकमा १६ लिटर क्षमताको फ्यूल ट्याङक दिइएको छ । ११४ किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्ने यो बाइकले ४५ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ ।
भारतीय बजारमा यसको मूल्य ८४ हजार ५७८ भारतीय रुपैयाँ तोकिएको छ ।

