बेइजीङ । जीएसी अटोमोवाइल कम्पनीको इलेक्ट्रीक ब्राण्ड एवोनले नयाँ भी मोडल अटो शोमा देखाएको छ । चमकधमक लाइटमा प्रदर्शन गरिएको एवोन-भी साँच्चै लोभलाग्दो देखिन्छ ।
कम्पनीले स्टल भ्रमणमा आउने सबै देशका ब्यवसायीहरुलाई एवोन-भी ग्लोवल मोडल भएको जानकारी दिएको छ । यसलाई छिट्टै कम्पनीले चीन बाहिर पनि बिक्री सुरु गर्ने जनाएको हो ।
बेइजीङ अटो शोमा प्रदर्शन गरिएको एवोन भी आफ्नो डिजाइन, लुक्स र प्रेजेन्टेसनको कारण चर्चा योग्य देखिन्छ । कुनै अफरोड एसयूभी राखे जसरी देखाइएको गाडी टोयोटाको ब्यूल्ट क्वालीटीको झल्को दिन्छ । स्मरण रहोस् चीनमा जीएसीले टोयोटाका गाडी उत्पादन गर्दै आएको छ ।
जीएसीका अनुसार एवोन-भीमा २३ प्रकारका टेक्नोलोजी फिचर र ८ प्रकारका कोर यूजर भ्यालू पाउन सकिन्छ । सेल्फ इभल्भीङ एआई ककपीट, एडीगो सेन्स एआई मोडल प्रयोग भएको कारण चालकले धेरै कुरा गाडीको सिस्टमसँग गर्न पाउने छन् ।
कम्पनीले एवोन-भी मोडललाई ४०० भोल्ट आर्किटेक्चरमा उत्पादन गरेको भएपनि ६० प्रतिशत चार्जिङ टाइम कटौती गर्न सक्षम भएको दावी गरेको छ । अहिले यसमा प्रयोग भएको सिएटीएलको ब्याट्रीलाई १५ मिनेट चार्ज गर्दा ३७० किलोमिटर गुडाउन सकिने कम्पनीले दावी गरेको छ ।
एवोन-भीको लम्बाई ४६०५ एमएम छ भने यसमा २७७५ एमएम लामो ह्वीलवेस प्रयोग भएको छ । यसले सिंगल चार्जमा ७०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

