बेइजीङ । चाइना अटो शो-२०२४ राजधानी बेइजीङमा भइरहेको छ । आजबाट सर्बसाधारणलाई खुल्ला गरिएको एक्स्पोमा १०० हाराहारी ब्रान्डले आफ्ना उत्पादन शोकेस गरेका छन् ।
न्यू इनर्जी भेहिकलमा लिडर रहेको बीवाइडीले आफ्नो ओसिएन सिरिजसँगै मुख्य मोडललाई प्रदर्शनीमा राखेको छ । त्यसमा पनि बजेट कार खोज्ने नेपाल, ब्राजिल, दक्षिण अमेरिकी देशहरुको लागि बीवाइडी अप एक आकर्षण बनिरहेको देखिन्छ ।
साइजमा सानो र फिचर लोडेड भएकै कारण बीवाइडी अपले चीनका केही राज्यमा निकै राम्रो ब्यापार गरिरहेको छ । साथै, अन्तर्राष्ट्रिय बजारमा समेत चाँडै अप मोडल एटो-टु नामबाट जान सक्ने बताइएको छ ।
बीवाइडी अप एसयूभी दुई फरक ब्याट्री ३२ किलोवाट आवर र ४५.१ किलोवाट आवरमा उपलब्ध छ । यसको रेन्ज ४ सय किलोमिटरसम्म रहने बताइन्छ । यसमा ७० किलोवाट र १३० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ ।
बीवाइडीको इ-प्लेटफर्म ३.० मा बनेको अप मोडलको लम्बाई ४३१० एमएम, चौडाई १८३० एमएम र उचाई १६७५ एमएम रहेको छ । कम्पनीले यसमा २६२० एमएम लामो ह्वीलवेस दिएको छ ।
चाइना अटो शो २०२४ मा प्रदर्शनी गरिएको बीवाइडी अपका केही तस्बिर यस्ता छन् ।






