काठमाडौं । सिजी मोटर्सले एवोनको नयाँ शोरुम थापाथलीमा संचालनमा ल्याएको छ । कम्पनीले गाडी बिक्री सुरु गरेको झण्डै दुई महिनापछि एवोनको डेडिकेटेड शोरुम संचालनमा ल्याएको हो ।
कम्पनीले नयाँ शोरुमा एक कार्यक्रम आयोजना गरी शोरुम सार्वजनिक गरेको हो । चिनियाँ राजदूत छन् सोङ् ई, सिजी ग्रुपका चेयरम्यान विनोद चौधरी र निर्वाण चौधरीको संयुक्त उपस्थितिमा शोरुम उद्घाटन गरिएको हो ।
शोरुम उद्घाटन गर्दै सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले वुद्ध जयन्तीको अवसर पारेर शोरुम सुरु गर्न पाउँदा आफु उत्साहित रहेको बताए ।
उनले भने, ‘चीनमा निकै सफल जीएसी कम्पनीको विद्युतीय गाडीमा तेस्रो नम्बरमा छ । हामीले आयोन लिएर नेपाल बेच्न पाउँदा खुसी छौँ । यो शोरुम अत्याधुनिक छ । यहाँबाट हामीले आयोनको बिक्री वितरणको शुरुवात गरेका हौं ।’
शोरुम उद्घाटनसँगै चौधरीले एवोन हाइपर एचटी पनि देखाएको छ । अहिले देखाइएको हाइपर एचटी कार लेफ्ट ह्याण्ड ड्राइभ हो । चाँडै राइट ह्याण्ड ड्राइभमा आउने र नेपालमा बिक्री सुरु गर्ने एमडी चौधरीले बताए ।





