सीएफ मोटोले एकै पटक खुलायो तीन मोडलका मोटरसाइकलको बुकिङ

काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटोका तीन मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सीएफ मोटो २५० एनके फन, २५० एसआर फन र ४५० एनकेको बुकिङ खुला गरेको हो ।

कम्पनीले विभिन्न अपडेटसहित ल्याएको तीन नयाँ मोडलका मोटरसाइकल केही दिन अघि सार्वजनिक गरेको थियो ।

कम्पनीका शोरुमहरूमा यी मोटरसाइकलको बुकिङ तथा टेष्ट राइड कार्यक्रम संचालन भइरहेको कम्पनीले जनाएको छ ।

सीएफ मोटो २५० एनके फन

नेकेड स्पोर्टस डिजाइनको २५० एनके फनमा २४९ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, डीओएचसी सेटअप यूरो ५ इन्जिन रहेको छ । पावरफुल यो इन्जिनले २७।५ हर्षपावर तथा २२ न्यूटन मिटर अफ टर्क जेनेरट गर्छ । यो मोटरसाइकलमा ६ स्पीड गियरबक्सका साथै स्लिपर क्लच, टीएफटी डिस्प्ले, राइड मोड एबीएस जस्ता फिचर पाउन सकिन्छ । कम्पनीले यसको मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।

सीएफ २५० एसआर फन

२५० एनकेमा आधारीत यो स्पोर्टस डिजाइनको मोटरसाइकलमा २५० एनके कै इन्जिन प्रयोग गरिएको छ । यसको पावर समेत समान रहेको छ । २५० एसआरमा ३७ एमएम टेलिस्कोपिक यूएसडी फर्क, स्लिपर क्लच, एबीएस जस्ता फिचर उपलब्ध छ । यसको मूल्य कम्पनीले ६ लाख ७४ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।

सीएफ ४५० एनके

सीएफ ४५० एनकेमा पावर फुल ४५० सीसी डबल सिलिण्डर प्यारलल ट्वीन इन्जिन दिइएको छ । यो इन्जिनले ५० बीएच पावर तथा ३९ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्लिपर क्लच, डबल च्यानल एबीएस, यूएसडी फर्क, अल एलईडी लाइट जस्ता फिचर उपलब्ध छ । यसको मूल्य ११ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ । योसँगै नेपालमा उपलब्ध डबल सिलिन्डर मोटरसाइकलमा सबैभन्दा कम मूल्यको मोटरसाइकल ४५० एनएके भएको छ ।


Back_to_top