पेट्रोल/डिजेल कारमा भ्याट पुरै छुट !

काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक विधेकमा रहेको अनुसुची एकमा पेट्रोल डिजेलबाट चल्ने सबै गाडी समावेस गरिएको छ । अनुसूची एकमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट हुने बस्तुहरु समावेस छन् ।

आर्थिक विधेयकमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट हुने बस्तुको सूची समावेश गरिएको छ । जसमा भन्सार जाँचपास गर्न प्रयोग हुने एचएस कोर्ड ८७०३ अन्तर्गतका पर्ने सवारीसाधनहरु समावेस भएका छन् । यसअघि अनुसूची १ मा एचएस कोड ८७०३ अन्तर्गत पर्ने एम्बुलेन्स र शवबाहन मात्रै समावेस थियो ।

आर्थिक विधेकको पेज नम्बर ८१ र ८२ मा भ्याट छुट हुने गाडीको विवरण उल्लेख छ । आर्थिक विधेयक संसदमा टेबुल भएको र छलफलको प्रक्रिया अगाडि बढिसकेको कारण यसलाई कसरी सच्याउने भन्ने अन्योल सृजना भएको चर्चा अर्थमन्त्रालयमा सुरु भएको छ ।

सरकार के हिसावले सम्पूर्ण पेट्रोल डिजेल गाडीमा भ्याट छुट दिने निर्णय ग¥यो भन्ने विषयले ब्यवसायीहरु पनि अन्योलमा परेका छन् । आज कुनै ब्यक्तिले गाडी किन्न गयो भने अब भ्याट तिर्नु पर्छ कि पर्दैन भन्ने अन्योलता सृजना भएको छ ।

‘आज एक करोडको गाडी किन्नेले १३ लाख भ्याट छुट पाउने अवस्था बन्यो । त्यसको विषयमा भन्सार र राजश्वका कर्मचारी केहि भन्दैनन् । यदि ग्राहकले आएर गाडी किन्न खोजे बेच्नै कठिन हुने अवस्था आयो’, नाम उल्लेख गर्न नचाहने एक ब्यवसायीले मेरोअटोसँग भने ।


Back_to_top