महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभी डिसेम्बरमा आउने

काठमाडौं । महिन्द्राले नेपाली बजारमा भर्खरै नयाँ ईभी ‘एक्सयूभी ४००’ ल्याएको छ । मूल्य समेत बाहिर आएको एक्सयूभी ४०० को बिक्री चाँडै सुरु हुने बताइन्छ । अहिले नेपाली बजारमा महिन्द्राले बिक्री सुरु गर्न लागेको एक्सयूभी ४०० ईभीको मूल्य ५२ लाख ५० हजार तोकिएको छ ।

भारतीय एसयूभी निर्माताले आफ्नो अर्को प्रिमियम इलेक्ट्रीक मोडल आगामी डिसेम्बरमा ल्याउने जनाएको छ । इ–८ नामबाट दिएर उत्पादन भइरहेको एसयूभीको ठ्याक्कै नाम के रहन्छ भन्ने एकिन भएको छैन ।

आगामी डिसेम्बरमा लन्च गर्ने तयारी भइरहेको इलेक्ट्रीक एसयूभी कम्पनीको चर्चित एक्सयूभी ७०० मा आधारित मोडल हो । महिन्द्राको एक्सयूभी इ–८ परिक्षणको क्रममा धेरै पटक देखिएको छ । बाहिर आएका तस्विरहरुका अनुसार यसमा आकर्षक क्लोजअफ ग्रिल, कन्टिन्यूस एलइडी लाइट स्ट्रीप, बम्परमा भर्टिकल एलइडी हेडल्याम्प पाउन सकिन्छ ।

एसयूभीको पछाडि एक्सयूभी ७००कै डिजाइनको टेलगेट, एलइडी टेलल्याम्प र बनोट पाउन सकिन्छ । यसको इन्टेरियरमा सेग्मेन्टकै पहिलो ट्रिपल स्कृन प्रयोग हुनेछ ।

डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, सेन्टर टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र फ्रन्ट प्यासेन्जरका लागि समेत छुट्टै स्कृन रहेको छ । यसमा नयाँ डिजाइनको टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील रहने छ ।

महिन्द्राकोे ‘डेडिकेटेड इनग्लो स्केटबोर्ड आर्किटेक्चर’मा बनेको नयाँ ईभीमा फक्वागेनको इलेक्ट्रीक मोटर रहनेछ । यसमा अनुमानित ८० किलोवाट आवरको व्याट्री प्याक हुने रिपोर्टहरु बाहिर आएका छन् ।

सिंगल चार्जमा ४५० किलोमिटरभन्दा बढि रेन्ज हुने एसयूभी मिडसाइज सेग्मेन्टमा आउने छ । यसको लम्बाई ४७४० एमएम रहने छ । ह्वीलवेस भने २७६२ एमएम लामो हुन्छ ।


Back_to_top