काठमाडौं । एकपटक १ हजार १०० रुपैयाँ शुल्क तिर्दा वर्षभरि यामाहाको मोटरसाइकल तथा स्कुटर सर्भिसिङ गराउन पाइने भएको छ ।
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले आफ्ना ग्राहकलाई लक्षित गर्दै एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट (एएमसी) योजना ल्याएको हो ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले १ हजार १०० रुपैयाँ शुल्क बुझाएर १ वर्षसम्म आफ्नो मोटरसाइकल तथा स्कुटर सर्भिसिङ गराउन पाउने छन् । साथै, ग्राहकले अन्य सुविधाहरू पनि पाउने छन् ।
कम्पनीले एएमसी योजना सुरू गरेका ग्राहकलाई ४ ओटा फ्री सर्भिसिङ, ३ पटकसम्म फ्री वासिङ र लेबर चार्जमा ५० प्रतिशत छुट सुविधा दिनेछ ।
त्यस्तै, यामाहा मोटरसाइकल तथा स्कुटरको स्पेयर पार्टस्हरूमा १० प्रतिशत, यामाहा इन्जिन आयलमा ७ प्रतिशत र दुई इन्जेक्टर क्लिनिङमा ५० प्रतिशत छुट सुविधा दिने कम्पनीले बताएको छ ।
यो अफर नेपालभरका यामाहाको आधिकारिक सर्भिस सेन्टरमा लागू हुने कम्पनीले जनाएको छ।

