काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल निर्माता कम्पनीहरुको बिक्री लगातार बढ्दै गएको छ । मे २०२४ को अहिलेसम्म सार्वजनिक बिक्री तथ्यांक अनुसार बीवाइडीले रेकर्ड संख्यामा बिक्री गर्न सफल भएको हो ।
बीवाइडीले एक महिनामै ३ लाख ३१ हजार ८१७ यूनिट न्यू इनर्जी भेहिकल बिक्री गर्न सफल भएको तथ्यांक सार्वजनिक भएको छ । अहिलेसम्म लिप मोटर्स, जिकर, एनआईओ, एक्सपेङ, साओमी र एलआई अटोले पनि आफ्नो बिक्री तथ्यांक सार्वजनिक गरेका छन् ।
सार्वजनिक भएको तथ्यांक अनुसार बीवाइडीपछि एलआई अटोले सबैभन्दा धेरै ३५ हजार २० यूनिट कार बिक्री गरेको छ । त्यस्तै एनआईओले २० हजार ५४४ यूनिट, जिकरले १८ हजार ६१६ यूनिट कार बिक्री गरेको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी लिप मोटर्सले १८ हजार १६५ यूनिट, एक्सपेङले १० हजार १४६ यूनिट र साओमीले ८ हजार ६३० यूनिट बिक्री गरेको छ । अन्य कम्पनीको बिक्री तथ्यांक बाहिर आएको छैन ।
अहिलेसम्मको तथ्यांक हेर्दा मार्च २०२४ पछि न्यू इनर्जी भेहिकलको बिक्री तिब्र गतिमा बिस्तार हुँदै आएको छ ।

