नेपाल आउँदै इलेक्ट्रीक स्पोर्टस् कार, कति पर्ला मूल्य ?

काठमाडौं । मोरिस ग्यारेज (एमजी) को इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर नेपाल आउने भएको छ । यसलाई एमजीको आधिकारीक बिक्रेता एमजीले नेपाल ल्याउने भएको हो ।

रोडस्टर डिजाइनमा तयार भएको साइबरस्टर एमजीको लाइनअपमा सबैभन्दा बलियो मोडल हो । नेपाली बजारमा आउन लागेको साइबस्टर फोर ह्वील ड्राइभ हो वा रियर ह्वील ड्राइभ थाहा भएको छैन । अल ह्वील ड्राइभ भर्सनमा ३७५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । यसको रियर ह्वील ड्राइभमा २५० किलोवाटको मोटर रहेको छ ।

एमजीले आफ्नो इलेक्ट्रीक स्पोर्टस कारमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०८ किलोमिटर गुडाउन सकिन्छ ।

इलेक्ट्रीक साइबरस्टरको लम्बाई ४५३५ एमएम, चौडाइ १९१३ एमएम र उचाई १३२९ एमएम छ । यसको ह्वीलबेस २६९० एमएम रहेको छ । कारमा १९ इन्चको ह्वील, इलेक्ट्रीक हुड, ७ इन्चको टच स्कृन बोस्चको ८ वटा स्पीकर रहेको छ ।

पछिल्लो समयमा एमजी ब्रान्ड टी-सिरिज, एमजीए, एमजीबी लगायतका रोडस्टरको लागि परिचित छ । कम्पनीले नयाँ ईभीमा एरो सेप्ड टेललाइट दिएको छ । कम्पनीले यो ईभी मोडर्न डिजाइनमा तयार गरेको छ ।

आइकोनिक रोडस्टरलाई समर्पित गरेर लामो हुड, स्मुथ बडी लाइन दिएर यसलाई तयार गरेको छ । यो स्पोर्टस कारको टप स्पीड क्षमता २०१ किलोमिटर प्रतिघन्टासम्म रहेको छ ।

पारामाउन्ट मोटर्सले ठ्याक्कै यसलाई बजारमा ल्याउने मिति भने घोषणा गरेको छैन । यसको मूल्य पनि १ करोड ६० लाख हाराहारी पर्ने हाम्रो अनुमान रहेको छ ।


Back_to_top