सेरेसको आइतो एम ९ सबैभन्दा सुरक्षीत चिनियाँ कार

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङ सेरेस र हुवावेको संयुक्त प्रयासमा बनेको आइतो एम ९ क्रसओभर एसयूभीले चिनियाँ एनक्याप सेफ्टी रेटिङमा ५ स्टार रेटिङ पाएको छ ।

आइतो एम९ ले चिनियाँ सेफ्टी रेटिङमा हालसम्मको सबैभन्दा धेरै ९३.९ प्रतिशतको स्कोर पाएको हो । यो स्कोर एभरेज प्रफमेन्सभन्दा ११.२ प्रतिशत धेरै हो ।

यो ईभीको सेफ्टी स्कोरमा निकटतम प्रतिद्धन्द्धी ली अटोको एल ९ मोडल हो । लीको एल ९ ले चिनियाँ एनक्याप सेफ्टी रेटिङमा ९१.३ प्रतिशत स्कोर पाएको थियो ।

आइतो एम ९ ले अकुपेन्ट प्रोटेक्सनमा ९६.९८ प्रतिशत, प्रेडिस्ट्रेन प्रोटेक्सनमा ७५.३८ प्रतिशत तथा एक्टीभ सेफ्टी सेग्मेन्टमा ९७.९७ प्रतिशत स्कोर पाएको हो ।

आइतो एम ९ बिग साइज एसयूभी हो । यसै वर्षको फ्रेबुअरीदेखि बिक्री सुरू भएको आइतो एम ९ जुलाइसम्म ५८ हजार ८२३ युनिट बिक्री भएको छ । यसको लम्बाइ ५२३० एमएम, चौडाइ १९९९ एमएम, उचाइ १८०० एमएम रहेको छ । यो एसयूभीको ह्वीलबेस पनि ३११० एमएम लामो रहेको छ ।

२+२+२ गरी ६ सिट रहेको आइतोमा १०० किलोवाट अवारको ब्याट्रीप्याकसँग ३९० किलोवाटको मोटर रहेको छ । यो इलेक्ट्रीक मोटरले ५२३ हर्सपावर दिन्छ । यसको रेन्ज ६३० किलोमिटरसम्म दिने सीएलटीसीले प्रमाणित गरेको छ ।


Back_to_top