काठमाडौं । ३५१ अंकले के बुझाउँछ । रुपैयाँको कुरा गर्ने हो भने आजको बजारमा ३५१ रुपैयाँको ठूलो होइन । हिँडाइको कुरा गर्दा ३५१ पाइला हिँड्न पहिला ३५० पाइला पार गर्नैपर्छ । स्वस्थ मानिसलाई ३५१ पटक श्वास फेर्न २० देखि ३० मिनेटको समय लाग्छ ।
३५१ अंक हो, केबल अंक ।
गत आर्थिक वर्षमा नेपाली अटोमोबाइल क्षेत्रमा श्वासप्रश्वासको लागि चाहिने हावा स्वच्छ राख्न सघाउने इलेक्ट्रीक भेहिकल (ईभी)को संख्या ११ हजार ७०१ युनिट आयात भयो । त्यसमा कारको संख्या १० हजार ४४ युनिट थियो ।
मूल्यका हिसाबले १४ लाखदेखि ५ करोडसम्म पर्ने इलेक्ट्रीक भेहिकल नेपाल आए । प्यासेन्जर कार सेग्मेन्ट नयाँ ब्राण्डहरू पोर्से, अमोडा, दीपल, नामी, सेरेस, केई, जीएसी एवोन जस्ता ब्राण्ड नेपाल प्रवेश गरे ।
धेरैको मनमा आउन सक्ने प्रश्न ४/५ महिनामै नेपल आएर ओमोडा र दीपल कसरी स्थापित भए भन्ने हुनसक्छ ? यसको सपाट उत्तर हो ‘प्रोडक्ट राम्रो भएर’ ।
हो यिनै नेपाल आएका नयाँ ब्राण्ड मध्ये ओमोडा र दीपलले ३५१ को संयोग बनाए । ओमोडा र दीपल गत आवमा समान ३५१ युनिट नेपाल आएको छ । नेपाल आएका सबै गाडी बिक्री भए वा बाँकी छन्, त्यो आयातकर्ताहरू नै जानुन ।

ओमोडा ई-५ मोडल २०८० माघ १९ गतेदेखि नेपालमा आधिकारिक बिक्री सुरू भएको थियो । त्यसको झण्डै दुई महिनापछि चैत्र १८ गते दीपलको बिक्री सुरू भएको हो । नेपाली बजारमा नयाँ ब्राण्ड भएर पनि यी ब्राण्डको आयात उत्साहजनक मान्न सकिन्छ ।
दीपल चिनियाँ सरकारको लगानी रहेको चांगानको सहायक कम्पनी हो । ओमोडा पनि चीनको ठूलो मध्येमा पर्ने एक चेरी मोटर्सको सहायक कम्पनी हो । ठूला ग्रुपका उदयमान यी दुई ‘न्यू इनर्जी भेहिकल’ ब्राण्ड नेपालमा पनि लामो औद्योगिक अनुभव बोकेका एमएडब्ल्यू ग्रुप र सारडा ग्रुप अन्तर्गतका कम्पनीहरूले ल्याएका हुन् ।
धेरैको मनमा आउन सक्ने प्रश्न ४/५ महिनामै नेपल आएर ओमोडा र दीपल कसरी स्थापित भए भन्ने हुनसक्छ ? यसको सपाट उत्तर हो ‘प्रोडक्ट राम्रो भएर’ ।

त्यसको लागि गाडीको बारेमा चर्चा गरौं । ओमोडा ई-५को राम्रो पक्ष एरोडायनामिक्स कुपे डिजाइन र फिन ड्रिम्मसले बनाएको ६१ किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग हुनु हो । धेरै प्रयोगकर्ताहरूको भनाइ अनुसार यसले कम्पनीले दाबी गरे अनुसारकै ४३० किलोमिटरको रेन्ज दिन्छ । फ्युचरिस्टिक डिजाइनको एक्टेरियर लुक्स तथा फिचर लोडेड लग्जरी इन्टेरियरका कारण युवा उपभोक्ताको रोजाइमा ओमोडा पर्न सफल भयो ।
सुरक्षाको हिसाबले पनि ओमोडा ई-५ राम्रो छ । यसमा एडास लेभल २.५ पाउन सकिन्छ । एडास भित्र १७ थरिका सुरक्षा फिचर रहेको छ । एयरब्याग, ५४० डिग्री भ्यू क्यामरा, अटोमेटिक हाइबिम, २४.६ इन्चको ड्युल स्क्रीन, भेन्टिलेटेड सिट, स्पेयर ह्वील र २.५ पीएम एयर फिल्टरले धेरैलाई लोभ्याउँछ ।

त्यसैगरी, इलेक्ट्रीक टेलगेट, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट, इलेक्ट्रीक सनरुफ, ५० वाटको वायरलेस चार्जर, ८ वटा सोनीको स्पीकर, १८० एमएमको ग्राउण्ड क्लियरेन्स र ५ स्टार सेफ्टी रेटिङ ओमोडाको बलियो पक्ष हो ।
त्यस्तै, अर्को ३५१ को रेकर्ड बनाएको दीपल एस-०७ पनि पछिल्लो समय ईभी मार्केटको ‘हटकेक’ मोडल हो । निकै ठूलो साइज भएर पनि एरोडायनामिक्स डिजाइन र फ्युचरस्टिक लुक्सका कारण सडकमा निकै राम्रो देखिन्छ । काठमाडौंको अटोहब नक्सालमा सानदार शोरुम संचालन गरी ‘कस्टुमर एक्सपिरेन्स’लाई विशेष महत्व दिएको कारण ग्राहकले नयाँ अनुभूति गर्न पाएका छन् ।
गत आर्थिक वर्षमा ३५१ अंकको संयोग बनाएका दुवै फ्युचरिष्टिक ईभीहरूको आगामी फ्युचर कस्तो हुनेछ अहिल्यै भन्न सकिने कुरा होइन ।
दीपल एस-०७ को लम्बाइ ४७५० एमएम छ । त्यसैले कर्पोरेट ग्राहकहरूको पहिलो रोजाइमा पर्न सफल भएको हो । अत्याधुनिक फ्रेमलेस डोर, हिडन फ्लस डोर ह्याण्डल, २० इन्चको ह्वील, रियर ह्वील ड्राइभ सिस्टमले पहिलो हेराईमा नै मानिसलाई आकर्षित गर्न सफल हुन्छ ।
ठूलो साइजको स्काई रुफ, जेस्चर कन्ट्रोल सहितको १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन, हेडअप डिस्प्ले, भेन्टिलेटेड एण्ड इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट, लम्बार सपोर्ट एण्ड सिट पोजिसन मेमोरी सहितको ड्राइभर सिटले चालकलाई नलोभ्याउने कुरै भएन ।

दीपलले यसमा बटमलेस ड्यासबोर्ड, रियर टच स्क्रीन एसी कन्ट्रोल, एड्भान्स एडास फिचर, ६ वटा एयरब्यागसहित आवश्यक सम्पूर्ण सुरक्षा फिचर पाउन सकिन्छ । यसमा ६६.८ किलोवाटको निकेल म्याग्नेसिस कोबाल्ट (एनसीएम) ब्याट्रीप्याक छ ।
यसले एक पटकको फुल चार्जमा ४१० किलोमिटरसम्म रेन्ज दिने डब्ल्यूएलटीपीले प्रमाणित गरेको छ । यो ईभीको ग्राउण्ड क्लियरेन्स पनि १७५ एमएम रहेको कम्पनीको भनाइ छ ।
दुवै कारको स्लोगन पनि लगभग उस्तै छ ।
दीपलले ‘टच द फ्युचर’ र ओमोडाले ‘ड्राइभ ई फ्युचर’ स्लोगन राखेका छन् । गत आर्थिक वर्षमा ३५१ अंकको संयोग बनाएका दुवै फ्युचरिष्टिक ईभीहरूको आगामी फ्युचर कस्तो हुनेछ अहिल्यै भन्न सकिने कुरा होइन ।

