काठमाडौं । एमजी इन्डियाले ‘विलिङ स्टारलाइट एस’मा आधारित रहेर नयाँ एसयूभी उत्पादन गर्ने भएको छ । यसअघि विलिङ एयर मिनी र क्लाउड ईभीलाई एमजी ब्राण्डमा उत्पादन गरेको कम्पनीले अब एसयूभी स्टारलाइट एस पनि उत्पादन गर्ने भएको हो ।
एयर मिनी अहिले कोमेटको नामबाट उत्पादन भइरहेको छ भने क्लाउड ईभीलाई विन्डसर नामबाट ल्याउन लागेको हो ।
नयाँ आउने एसयूभीमा डबल लेयर लेमिनेटेड ग्लास र लेवल २ एड्भान्स ड्राइभर असिस्ट सिस्टम रहनेछ । चिनियाँ बाजरमा स्टारलाइट एस मोडल प्लगइन हाइब्रिड र प्योर ईभी अप्सनमा बिक्री सुरु हुँदैछ ।
मिड साइज एसयूभीको रुपमा आउने गाडी ‘टियान्यु डी प्लेटफर्म’मा बनेको हो । ४७४५ एमएम लामो, १८९० एमएम चौडा र १६८० एमएम उचाई रहने एसयूभीमा २८०० एमएम लामो ह्वीलवेस रहने छ । यसको ड्रयाग कोफिसीयन्ट ०.२७७ रहेको छ ।
लेवल २ इन्टेलीजेन्ट ड्राइभर असिस्ट सिस्टमसँगै २ मेगापिक्सेलको हाइडेफिनेस क्यामरा रहने छ । उक्त क्यामेराले १०० डिग्रीको वाइड एङ्गलसम्म डिटेक्ट गर्छ । क्यामराले ७० मिटर टाढा रहेको मानिस र १५० मिटर टाढासम्मको भेहिलक डिटेक्ट गर्छ ।
यसमा ८० किलोमिटर प्रतिघण्टाको स्पीडसम्म इमेर्जेन्सी ब्रेकिङ, फर्वाड कोलुजन वार्निङ, लेन डिपार्चर वार्निङ, ट्राफिक साइन रिकग्नेशन, एडाप्टीभ कु्रज कन्ट्रोल, ट्राफिक जाम असिस्ट जस्ता फिचर रहने छन् ।
बाहिरको आवाज भित्र आउन नदिन मल्टीलेयर साउण्ड एब्जर्सन र साउण्ड इन्सुलेसन मेटेरियल दिइएको छ । ९ वटा स्पीकरसहित ४५ वटा साउण्ड प्याकेज रहेको छ ।
चालकका लागि यसमा र्याप अराउण्ड प्रेसर रिलीभिङ सिटको प्रयोग भएको छ । ड्राइभर सिट ६ वे एड्जस्टेबल, को–ड्राइभर सिट ४ वे इलेक्ट्रीक एट्जस्टेबल छ । यसको फ्रन्ट दुबै सिटमा भेन्टीलेसन तथा हिटीङ सुविधा पाउन सकिन्छ ।
रियर सिट पनि हिटिङ फिचरसहित १२७ डिग्रीसम्म एड्जस्ट गर्न सकिने किसिमको छ । उक्त एसयूभीमा १.१८ स्क्वायर मिटरको विशाल पानारोमिक सनरुफ छ । इन्टेरियरमा ८.८ इन्चको फुल एलसीडी इन्ट्रुमेन्ट प्यानल र १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्कृन छ ।
कम्पनीले यसमा १५० किलोवाटको इलेक्ट्रीक मोटर र एसजीएमडब्लुले बनाएको ६० किलोवाट अवारको सेन्लीयन ब्याट्री प्याक दिएको छ । सीएलटीसीका अनुसार यसको रेन्ज ५१० किलोमिटर छ ।

