नाडा अटो शोमा सार्वजनिक हुँदै ४ नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । यही भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४ मा कम्तीमा चार नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक हुने भएका छन् ।

नाडा अटो शोमा भाग लिएका तीन कम्पनीले ४ मोडलका नयाँ स्कुटर सार्वजनिक गर्ने तयारी गरेका हुन् । जिहो, एथर र गोगोरेले नयाँ स्कुटर सार्वजनिक गर्ने भएका हुन् ।

जिहो तथा सीएफ मोटो मोटरसाइकलको आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले नयाँ स्कुटर जिहो एई ४ सार्वजनिक गर्ने भएको छ । कम्पनीले हाल नेपाली बजारमा एई ८ र एई ६ बिक्री गर्दै आएको छ ।

त्यस्तै, भारतीय इलेक्ट्रीक स्कुटर एथरको नेपालका लागि आधिकारिक बिक्रेता वैद्यज् इनर्जीले एथर ४५० एस भेरियन्ट सार्वजनिक गर्ने भएको छ । यस अघि कम्पनीले एथर ४५० एक्सको दुई भेरियन्ट बिक्री गर्दै आएको छ । यसका अलावा कम्पनीले एथरको फ्यामिली स्कुटर रिज्टा समेत सार्वजनिक गर्ने सम्भावना रहेको छ ।

त्यसैगरी, गोगोरेले दुई मोडलका इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्दैछ । ताइवानी इलेक्ट्रीक ब्याट्री स्वाप कम्पनी गोगोरोका उत्पादन नेबुला इनर्जीले दुई मोडलका स्कुटर सार्वजनिक गर्नेछ ।

कम्पनीले यसअघि डेलिभरीका लागि उपयुक्त एक ९बीटूबी० मोडल बिक्री गर्दै आएको छ । कम्पनीले पहिलो पटक बीटूसीका लागि हुने दुई मोडल सार्वजनिक गर्ने तयारी थालको हो । कम्पनीले एक प्रिमियम मोडल पल्स र रेगुलर मोडल जेगो सार्वजनिक गर्ने भएको हो ।

यसका अलावा बजाजले चेतक इलेक्ट्रीक सार्वजनिक गर्ने सम्भावना रहेको छ भने एनआइयूले इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक अनुमान गरिएको छ ।


Back_to_top