चढ्ने हो ? बजाजको इलेक्ट्रीक स्कुटर, यस्तो छ कम्पनीको तयारी

इलेक्ट्रीक सवारी साधनप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै बजाज अटोले सन् २०२० अघि नै इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने तयारी गरेको छ । बजाजले टेस्ला कम्पनीको रणनीतिमा आधारित भई इलेक्ट्रीक स्कुटरको उत्पादनमा केन्द्रित हुने तयारी गरेको हो । 

बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले प्रिमियम, आकर्षक तथा लक्जरियस स्कुटर निर्माण गर्ने जानकारी दिएका छन् । बजाजले नोभेम्बर २०१८ मा ३१ प्रतिशत व्यापार बृद्धि गरेको छ । सोही उपलब्धिलाई ध्यानमा राख्दै कम्पनीले दीर्घकालीन व्यापारका लागि पनि इलेक्ट्रीक स्कुटरको उत्पादन गर्ने योजना बनाएको बजाजले बताए । 

‘कम्पनीले ग्राहकको माग र बजारको आवश्यकतालाई ध्यानमा राख्दै इलेक्ट्रीक स्कुटर निर्माण गर्ने योजना बनाएको हो । स्कुटरसँगै इलेक्ट्रीक मोटरसाइकलसमेत बजारमा ल्याउने लक्ष्य लिएका छन् । जसका लागि टेस्ला कम्पनीको अवधारणा उपयुक्त हुने कम्पनीको विश्लेषण छ’, बजाजले भने । 

कम्पनीले बजाज अर्बा–नेट ब्रान्डमा इलेक्ट्रीक मोडल निर्माण गर्नेछ । उनले अन्य कम्पनीसँग प्रतिस्पर्धामा उत्रने गरी उच्च पफर्मेन्स, आकर्षक मूल्य तथा उत्कृष्ट डिजाइनका मोडल बजारमा ल्याउने दाबी गरेका छन् ।

हाल विश्वका विभिन्न टु–ह्वीलर कम्पनी इलेक्ट्रीक मोडलको उत्पादनका लागि परेका छन् । हाल अस्ट्रियन टु–ह्वीलर कम्पनी केटीएम, फ्रि–रायड ई–एक्ससी इलेक्ट्रीक डर्ट–बाइक बजारमा ल्याउने तयारीमा छ । त्यसैले बजाजले केटीएम कम्पनीसँग सहकार्य गर्ने अनुमान गरिएको छ । 

बजाज कम्पनीले हालैमात्रै इलेक्ट्रीक भर्सनको आरई–६० क्वार्डी साइकलबारे जानकारी गराएको थियो ।

बजाजले उत्पादन गर्ने इलेक्ट्रीक स्कुटरले अथर–४५०, ट्वान्टी–टु मोट्र्स फ्ल तथा ओकिनावा प्रेएज ई–स्कुटरसँग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । 


Back_to_top