एमटी ४५० एड्भेन्चर नेपाली बजारमा सार्वजनिक, मूल्य १२ लाख ५० हजार

काठमाडौं । सीएफ मोटोको एड्भेन्चर मोटरसाइकल नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले नाडा अटो शो २०२४ मा सीएफ मोटो एमटी ४५० सार्वजनिक गरेको हो ।

नेपालमा सीएफ मोटो तथा जिहो इलेक्ट्रीकको आधिकारिक बिक्रेता कम्पनी ऋषी ट्रेड सेन्टरले नाडा १२ लाख ४९ हजार ९०० रुपैयाँ तोकेर एमटी ४५० सार्वजनिक गरेको हो ।

सीएफ मोटोले केही समय अगाडि मात्रै अन्तर्राष्ट्रिय बजारमा एमटी ४५० एड्भेन्चर सार्वजनिक गरेको थियो ।

सीएफ मोटो एमटी ४५० अत्याधुनिक फिचर तथा टेक्नोलोजी भएको एड्भेन्चर मोटरसाइकल हो । यो एमटी ४५० एड्भेन्चरमा ४४९ सीसी, ट्वीन सिलिन्डर, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ४४ हर्षपावर तथा ४४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।

यो मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोल, स्लिपर क्लच, डबल च्यानल स्विचऐवल एबीएस, ५ इन्च टिएफटी डिस्प्ले, यूएसबी पोर्ट, कायाबा एडजष्टेवल यूएसडी फर्क, एड्जष्टेवल सिट जस्ता फिचर पाउन सकिन्छ ।

एमटी ४५० मा २१र१८ इन्च स्पोक ह्वील दिइएको छ । कम्पनीले यसमा ट्यूवलेस स्पोक ह्वीलको प्रयोग गरेको छ ।


Back_to_top