यामाहाले नेपाल ल्यायो नयाँ डर्ट बाइक, यस्तो छ मूल्य

काठमाडौं । यामाहाको बहुप्रतिक्षित मोटरसाइकल डब्लूआर १५५ नेपाल भित्रिएको छ । यामाहाले नाडा अटो शो २०२४ मा डब्लूआर १५५ सार्वजनिक गरेको हो ।

यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू राइडले ७ लाख ४९ हजार ९०० रुपैयाँ तोकेर डब्लूआर १५५ सार्वजनिक गरेको हो ।

डर्ट सेग्मेन्टको यो मोटरसाइकलमा ८.१ लिटर क्षमताको इन्धन ट्याङ्क, कन्भेन्सनल ह्याण्डलबार, सिंगल पिस सिट, स्पोक ह्वील र एलसीडी इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । यसको इन्ट्रुमेन्ट क्लष्टरमा ओडो मिटर, ट्रिप मिटर, औषत इन्धन खपत, गियर पोजिसन जस्ता जानकारी पाउन सकिन्छ ।

डब्लूआर १५५ मा दिइएको १५५ सीसी क्षमताको लिक्विड कुल्ड, भीभीए इन्जिन उपलब्ध छ । उक्त इन्जिनले अधिकतम १६.७ पीएस पावर र १४.३ न्यूटन मिटर टर्क प्रदान गर्छ ।

यो अफरोड मोटरसाइकलमा अगाडि ४१ एमएमको टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्स दिइएको छ । यसमा अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील दिइएको छ । यसमा अफरोड र सहरी दुबै बाटो सुहाउँदो ड्यूल पर्पोज टायर उपलब्ध छ ।


Back_to_top