काठमाडौं । रोयल इनफिल्डको बहुप्रतिक्षित मोटरसाइकल हिमालयन ४५० नेपाल बजारमा सार्वजनिक भएको छ । कम्पनीले नाडा अटो शो २०२४ मा हिमालयन ४५० सार्वजनिक गरेको हो ।
रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी अल्फा अटोमोटिभले ९ लाख ८९ हजारदेखि १० लाख ३९ हजार रुपैयाँसम्म मूल्य तोकेर हिमालयन ४५० सार्वजनिक गरेको हो ।
रोलय इनफिल्ड हिमालयन ४५० मा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ इन्जिन छ । कम्पनीले पहिलो पटक हिमालयनमा लिक्विड कुल्ड इन्जिन प्रयोगमा ल्याएको हो ।
कम्पनीले शेर्पा नाम दिएर ल्याएको इन्जिनले ८००० आरपीएममा अधिकतम ४०.२ पीएस पावर तथा ५५०० आरपीएममा अधिकतम ४० एनएम टर्क जेनेरेट गर्छ ।
फिचर लोडेड यो मोटरसाइकलमा टीएफटी कन्सोल, टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचएवल एबीएस, अफरोड स्पोक ह्वील, स्लीपर एसिस्ट क्लच, यूएसडीरमोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट लगाएतका फिचर पाउन सकिन्छ ।
रोयल इनिफल्ड हिमालयन ४५० एड्भेन्चर मोटरसाइकल नेपालमा नै एसेम्बल गरेको हो ।

