हिरो एक्सपल्स २०० फोर भी प्रो नेपाली बजारमा, चाँडै बुकिङ खुल्ने

काठमाडौं । हिरो एक्सपल्स २०० फोर भी प्रो नेपाल भित्रिएको छ । हिराले नाडा अटो शो २०२४ मा हिरो एक्सपल्स २०० फोर भी प्रो प्रदर्शन गरेको हो ।

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले हिरो एक्सपल्स प्रो नाडा अटो शोमा प्रदर्शन गरेको छ भने चाँडैनै यसको बुकिङ खुला गर्ने भएको हो ।

कम्पनीका अनुसार सम्भवत फेस्टिभ सिजनमा यो मोटरसाइकल बिक्री लागि नेपाल आउने छ । कम्पनीले प्रदर्शन गरेको एक्सपल्स २०० फोर भी प्रो को मूल्य भने खुलाएको छैन् ।

हिरो एक्सपल्स २०० प्रो मा ग्राफिक्सका साथै केही फिचरहरू थप गरिएको छ ।

सीजी मोटर्सले नेपालमा हिरोको आधिकारिक डिलरशिप लिएसँगै एक्सपल्स २०० फोर भीमा प्रो मोडलको फिचर थप गरेर सार्वजनिक गरेको थियो । योसँगै प्रो मोडलमा ग्राफिकका साथै सामान्य परिर्वतनका गरिएको छ । प्रो मोडलमा लामो ट्राभल सस्पेन्स, ज्यादा ग्राउन्ड क्लियरेन्सका साथै ह्यान्डलबार रेजरसमेत उपलब्ध छ ।

एक्सपल्स २०० फोर भी प्रोमा बीएस ६ फेज टू इन्जिन प्रयोग भएको छ भने यसले फोर भी रेगुलर मोडलको तुलनामा यसको पावरमा केही वृद्धि भएको छ ।

यसमा १९९.६ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले ८५०० आरपीएममा १८.९ हर्ष पावरका साथै ६५०० आरपीएममा १७.३५ हर्षपावर जेनेरेट गर्छ ।


Back_to_top