पुराना गाडीसँग दिपलका कार साट्न सकिने, ६ ठूला रिकन्डिसन हाउससँग सहकार्य

काठमाडौं । दिपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आगामी ३१ भाद्रदेखि ३ असोजसम्म काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा ‘दिपल एक्सचेन्ज कानिर्भल’ गर्ने भएको छ ।

कम्पनीले लगाएको एक्सचेन्ज कार्निभलमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ आधुनिक फिचर र लग्जरी फिचर भएका दिपलका ईभीहरु खरिद गर्न सक्नेछन् ।

दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले एस-०७ मोडल ७१ लाख ९९ हजार रुपैयाँमा मूल्यमा पाउने छन् । एक्सचेन्ज पार्टनरको रुपमा कम्पनीले टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउने बताइएको छ ।

यस स्कीममा ग्राहकले उत्कृष्ट एक्सचेन्ज बोनस पाउने छन् । यसबाहेक एक्सचेन्ज कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिज दिने कम्पनीले जनाएको छ ।

कम्पनीले हरेक एसयूभीको खरिदमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर पाउने छन् । ग्राहकले गाडीको भ्यालुएसन र बुकिङ्गमा आकर्षक गिफ्टसमेत पाउने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

के विशेषता छ दिपलका गाडीमा ?

नेपालमा एमएडब्लू वृद्धिले दिपल एस-०७ र एल-०७ गरी दुई मोडेल बिक्री गर्दै आएको छ । यी ईभीहरु एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् ।

पाँच महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल एस-०७लाई यसको डिजाइन र फिचरकै कारण नेपाली बजारले तुरुन्तै रुचाएको थियो । दिपल ईभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, चार ड्राइभिङ्ग मोड पाउन सकिन्छ ।

हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरु छन् । एमएडब्लु वृद्धिले दिपल एक्सचेन्ज कानिर्भलमा फ्युचरिस्टिक दिपल ईभीमा अपग्रेड गर्न सबै ईभीप्रेमीलाई आग्रह गरेको छ ।


Back_to_top