काठमाडौं । एलआरआर ग्रुपले पनि स्काइवेलका विद्युतीय गाडी नेपाल ल्याएसँगै सुरु भएको डिलरसीप विवादमा नान्जिङ गोल्डेन ड्रागन बस कम्पनीले जी मोटर्स प्रालि नै नेपालको आधिकारीक वितरक भनेको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै जी मोटर्स आधिकारीक भएको जनाएको हो ।
केही दिनअघि एलआरआर ग्रुपले स्काइवेलका विद्युतीय कार आधिकारिक बिक्रेता भएर ल्याएको भन्दै अधिकतम खुद्रा बिक्री मूल्य सार्वजनिक गरेको थियो ।
स्काइवेलको माउ कम्पनी नान्जिङ गोल्डेन ड्रागन बस कम्पनीका डेप्यूटी जनरल मेनेजर थोमसले जारी गरेको पत्रमा जी मोटर्सलाई नै आधिकारीक बिक्रेता नियुक्त गरेको उल्लेख छ ।
एलआरआर ग्रुपले हङकङमा रहेको ट्रेडिङ कम्पनीसँग किनेर स्काइवेलका गाडी नेपाल ल्याएको हो । यस्तोमा नान्जिङ गोल्डेन ड्रागन बस कम्पनी लिमिटेडले जी मोटर्स प्रालिमात्र नेपालको आधिकारिक बिक्रेता भएको जनाएसँगै स्काइवेल घटना लगभग सकिएको छ ।


