दुई दिन केईका १९ लाखदेखिका कार टेष्ट ड्राइभ गर्न पाइने

काठमाडौं । नाडा अटो शोबाट डेब्यू गरेका केई ब्राण्डका १९ लाखदेखि ४९ लाख रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय कारहरुको टेष्ट ड्राइभ सुरु भएको छ । दुई दिनसम्म चल्ने टेष्ट ड्राइभ भोलि सनिवार र आईतबार (भदौ २९ र ३० गते) आयोजना हुन लागेको हो ।

केई ब्राण्डले नेपाल ल्याएको आफ्ना सबै तीन मोडलको टेष्ट ड्राइभ सुरु गरेको हो । कम्पनीले केईको एसयूभी एक्स थ्री प्रो, ई-क्यूट ०४ र ई-क्यूट-०२ मोडलको टेष्ट ड्राइभ सुरु गरेको जनाएको छ ।

लक्ष्मी ई मोबिलीटीले नेपाल ल्याएको केई ब्राण्डका साना कारहरु नाडा अटो शो २०२४ मा धेरैले मन पराएका थिए । साथै, कम्पनीले ल्याएको पाँच ढोका भएको ई-क्यूट-०४ र दुई ढोका भएको ई-क्यूट-०२ मूल्यको कारण धेरैले टच एण्ड फिल गरेका थिए ।

कम्पनीले त्यतिबेला चलाएर हेर्न चाहनेलाई पनि गाडी उपलब्ध गराउन सकेको थिएन । तर, अहिले भने कम्पनीले आफ्नो थापाथली र नक्साल भाटभटेनी शोरुममा टेष्ट ड्राइभ गर्ने वातावरण तयार पारेको हो ।

कम्पनीले टेष्ट ड्राइभ गर्ने हरेक सहभभागिलाई हात खाली नहुने आकर्षक उपहार पनि राखेको जनाएको छ । साथै, टेष्ट ड्राइभ गर्नेहरु मध्येबाट भाग्यशाली एक जनालाई बोस्चको मिक्सचर ग्राण्डर उपहार स्वरुप दिने जनाएको छ ।


Back_to_top