भारत फर्कने भयो फोर्ड, निर्यातमा केन्द्रित हुने

काठमाडौं । सन् २०२२ मा इन्डियाबाट उत्पादन रोकेर बाहिर निस्केको फोर्ड फेरी उत्पादनमै फर्कने भएको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै भारत फर्कने प्रक्रिया सुरू भएको जनाएको हो ।

भारतमा उत्पादन सुरु गर्ने आफ्नो योजनासहित फोर्डले तामिलनाडु सरकार समक्ष लेटर अफ इन्टेन्ट (एलओआई) बुझाएको छ । तामिलनाडु सरकारका मुख्यमन्त्रीको अमेरिका भ्रमणपछि फोर्ड भारत फर्कने कुरा बाहिर आएको हो ।

फोर्डको भारत यात्रा निश्चित भएसँगै फोर्ड इन्टरनेशनल मार्केट ग्रुपका प्रसिडेन्ट काय हार्टले भने, ‘हामी तामिलनाडु सरकारबाट पाइरहेको निरन्तर सहयोगको लागि कृतज्ञ छौं । हामी हाम्रो अनुभवको प्रयोग गर्दै चेन्नाई प्लान्टबाट उत्पादन भएका कारहरु विश्व बजारमा पठाउने छौं ।’

यस्तो छ हार्टको स्टेटमेन्ट


Back_to_top