काठमाडौं । जापानी कार निर्माता टोयोटाले चीनमा आफ्नो नयाँ मोडल बजारमा ल्याउने अनुमतिको लागि निवेदन दिएको छ । चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको अनुमति माग्ने कम्पनीहरुको सूचीमा रहेका कारहरु मध्ये टोयोटाको एसयूभी पनि एक हो ।
चिनियाँ सरकारी एजेन्सीमा अप्रुभलको लागि फाइल गइसकेको भएपनि यसको आधिकारीक उत्पादन मोडलको तस्बिर बाहिर आएको छैन । तर, उक्त मोडल टोयोटा BZ3C (बीजेडथ्रीसी) रहेको आवेदनमै प्रस्ट देखिन्छ ।

अघिल्लो वर्ष टोयोटा र बीवाइडी बीच ईभी उत्पादनमा सहकार्य गर्ने विषयमा सम्झौंता भएको थियो । धेरैले यी दुई कम्पनी मिलेर नयाँ जेभी कम्पनी खडा गर्छन् भन्ने आँकलन थियो । तर, उक्त आँकलन पुष्टि नभएपनि टोयोटाले BZ3C मोडलमा बीवाइडीको मोटर र ब्याट्री टोयोटाले प्रयोग गरेको छ ।
टोयोटाले फडी पावरले उत्पादन गरेको २०० किलोवाट क्षमताको मोटर BZ3C मोडलमा प्रयोग गरेको छ । फडी पावर बीवाइडीको पूर्ण स्वामित्वमा रहेको कम्पनी हो । टोयोटाले आफ्नो कुप्पे एसयूभीमा सिंगल मोटर दिएको बताइन्छ । यसको टप स्पीड १६० किलोमिटर प्रतिघन्टा रहेको छ ।
टोयोटाले ब्याट्री पनि फिन ड्रीम्सको ब्लेड टेक्नोलोजी यूक्त एलएफपी प्रयोग गरेको छ । फीन ड्रीम्स पनि बीवाइडीको पूर्ण स्वामित्वको कम्पनी हो । यसमा दिइएको ब्याट्री साइजका विषयमा कुनै जानकारी प्राप्त भएको छैन । यद्यपि, रेन्ज ५०० किलोमिटर माथि हुने अनुमान गरिएको छ ।
चीनमा फस्ट अटोमोटीभ वर्कस (एफएडब्लू) सँगको सहकार्यमा तयार भएको BZ3C को लम्बाई ४७८० एमएम, चौडाई १८६६ एमएम र उचाई १५१० एमएम रहनेछ । यसमा १८ र २१ इन्चको ह्वील रहनेछ ।

