कारको मूल्य पर्ने स्कुटर !

काठमाडौं । बीएमडब्लू र टीभीएसको सहकार्यमा निर्माण भएको बीएमडब्लू सीई-०२ स्कुटरको मूल्य कारको जस्तै छ । भारतमा सामान्य कार ३ लाख रुपैयाँ देखिनै उपलब्ध छ, यस्तोमा सीई-०२ को मूल्य ४ लाख ४९ हजार रुपैयाँ तोकेर बिक्री सुरु भएको हो ।

यसलाई भारतमा बिक्रीमा रहेको सबैभन्दा महँगो विद्युतीय दुई पाङ्ग्रे साधन मानिन्छ । सीई-०२ टीभीएस र बीएमडब्लूको सहकार्यमा उत्पादन भएको पहिलो इलेक्ट्रीक स्कुटर हो । टीभीएसको होसुर प्लान्टमा उत्पादन भएको यो स्कुटरको प्लेटर्फम समेत टीभीएसले नै तयार पारेको हो ।

सीई-०२ मा १.९६ किलोवाट आवरको डवल ब्याट्रीप्याक अप्सनमा छ । कम्पनीले यसमा ११ किलोवाटको मोटर दिएको छ, जसले अधिकतम १५ पीएस पावर तथा ५५ एनएम टर्क जेनेरेट गर्छ ।

स्कुटरले एक पटकको फुल चार्जमा १०८ किलोमिटरको रेन्ज दिने र यसको टप स्पीड ९५ किलोमिटर प्रतिघण्टासम्म रहेको कम्पनीले दाबी गरेको छ । यसलाई ० देखि ५० स्पीड पुग्नलाई मात्रै ३ सेकेन्ड समय लाग्ने छ ।

सीई-०२ मा गोल्ड कलरको इनभर्टेड युएसडी फर्क र अफसेट मोनोसक सस्पेन्सन सेटअप, डवल डिस्कब्रेक सिस्टमसंगै, सिंगल च्यानल एबीएस, उत्कृष्ट ग्राफिक डिजाइन रहेको छ ।

त्यस्तै, यसमा टेल स्टीकरिङ, ट्री कलर सिट, हिटेड ग्रिप, मोबाइल होल्डर, स्वीचगियर बाट कन्ट्रोल गर्न मिल्ने ३.५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । कन्सोलमा स्कुटरको स्पीड, ब्याट्री लेवल, समय, ट्रीप मिटर र ओडोमीटर रिडआउटको डिटेल्स हेर्न सकिने छ । साथै, एप सहितको फोन कनेक्टिभिटी सिस्टम, प्लो र सर्फ स्ट्यान्डर्ड दुई राइड मोडसँगै रिभर्स मोड, किलेस इग्निस, एन्टी थेप्ट अर्लाम जस्ता सुरक्षा फिचरहरु यस स्कुटरमा पाउन सकिन्छ ।

विषेशगरी यो स्कुटर सहरी क्षेत्रको यात्राका लागि डिजाइन गरिएको कम्पनीले बताएको छ।


Back_to_top