भोलि सार्वजनिक हुँदै दीपल एस-०५, के के छन् मुख्य फिचर ?

काठमाडौं । चांगानको न्यू इनर्जी ब्राण्ड दीपलको नयाँ एसयूभी ‘एस-०५’ भोलि अक्टोबर २० तारिखमा सार्वजनिक हुने भएको छ । चीनबाट बिक्री सुरु हुने एस-०५ चाँडै नेपाल पनि आउने मोडल हो ।

दीपलले नयाँ एसयूभीलाई प्योर इलेक्ट्रीक र रेन्ज एक्सटेन्डेड भर्सनमा ल्याउने भएको छ । गत सेप्टेम्बर २० तारिखबाट प्रि अर्डर लिइएको एस-०५ को मूल्य भने भोलि नै सार्वजनिक हुन्छ । चीनमा मूल्य घोषणा भएसँगै अन्तर्राष्ट्रिय बजारमा त्यसको मूल्य अनुमान गर्न सकिन्छ ।

अहिले दीपलले बिक्री गर्दै आएको इलेक्ट्रीक एसयूभी एस-०७ भन्दा कम मूल्यमा आउने नयाँ मोडलको साइज पनि त्यति सानो छैन । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एसयूभीको लम्बाई ४६२० एमएम, चौडाई १९०० र उचाई १६०० एमएम रहेको छ । यसको ह्वीलवेस पनि २८८० एमएम छ ।

दीपल एस-०७ जस्तै मोर्डन फिचर, डिजाइन र टेक्नोलोजी प्रयोग भएको एस-०५ को इन्टेरियर पनि ड्यूलटोन कलरमा उपलब्ध छ । हिडन एसी भेन्ट उपलब्ध एसयूभीमा १५.४ इन्चको सेन्टर स्कृन पाउन सकिन्छ ।

क्वालकमको एसए ८१५५पी अटोमोटीभ चीप्स जडान भएको एस-०५ मा ठूलो एचयूडी रहेको छ । दीपलले यसमा १७५ किलोवाटको मोटर र ५६.१२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिएको छ । सीएलटीसीको अनुसार यो गाडीले ५१० किलोमिटर रेन्ज दिने छ । तर, रियल वर्ल्डमा यसको रेन्ज ४०० किलोमिटर आसपार रहने अनुमान गर्न सकिन्छ ।

यसको हाइब्रिड भर्सनमा १.५ लिटर क्षमताको इन्जिन छ । साथै इलेक्ट्रीक पावरको लागि २७.२८ किलोवाट आवरको ब्याट्री र १६० किलोवाटको मोटर दिइएको छ ।


Back_to_top