कम मूल्यका ईभी भारतमा बनाउन स्कोडा-फोक्सवागेनको ‘सीएमपी-२१ प्लेटफर्म’

काठमडौं । स्कोडा अटो फक्सवागेन इन्डियाले भारतमा ईभीको रेन्ज उत्पादन गर्ने योजना बनाइरहेको छ । दुबै ब्राण्डमा अहिलेसम्म भारतमा कुनै पनि ईभी उत्पादन नभएता पनि कम्पनीले स्कोडा इनयाक र भीडब्लू आईडी ४ लाई प्रतिस्पर्धी मूल्यमा ल्याउने तयारी गरिरहेको छ ।

गु्रपले पीक ईभीको कोड नेममा इन्ट्री लेभल ईभी ल्याउने समेत तयारी गरिरहेको छ । कम्पनीले एमइबी २१ प्लेटफर्ममा फ्रन्ट ह्वील ड्राइभ ईभीको योजना समेत तयार पारेको छ ।

स्कोडा फक्सवागेनले महिन्द्रा एण्ड महिन्द्रासँग एमइबी ३१ प्लेटफर्म संयूक्त रुपमा विकास गर्ने बारेमा समेत छलफल गरिरहेको छ । भीडब्लू ग्रुपले चीनमा विकास गरेको सीएमपी २१ प्लेटफर्ममा एमइबी ३१ आर्किटेक्चर एडाप्ट गर्ने समेत योजना बनाएको समाचारहरु आएका छन् । ग्रुपको सीएमपी २१ प्लेटफर्म एमइबी ३१ भन्दा ३० प्रतिशत सस्तो हुनेछ ।

कम्पनीको सीएमपी आर्किटेक्चरमा मिडसाइज एसयूभी ४.३ र ४.८ मिटर साइजको बनाउन सकिने छ । यो आर्किटेक्चरमा कुशक र टाइगुनको इलेक्ट्रीक भर्सन सजिलै बन्न सक्नेछ ।

मिडसाइज इलेक्ट्रीक एसयूभीहरु क्रेटा ईभी, नेक्सन ईभी, सुजुकी इभीएक्सदेखि टाटा ह्यारियर÷सफारी, महिन्द्रा एक्सयूभी ई९ जस्ता ७ सिटे एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

यो प्लेटफर्ममा ४० देखि ८० किलोवाट आवरसम्मको व्याट्री साइज प्रयोग गर्न सकिनेछ । यसमा बन्ने ईभीहरुको ह्वीलवेस आईडी ४ को जस्तै २७७१ एमएम बराबरको हुनेछ । जसको सहयोगमा क्यावीनमा यथेस्ट स्पेस पाउन सकिन्छ ।


Back_to_top