काठमाडौं । कोरियन अटोमोबाइल कम्पनी कियाको मिडसाइज एसयूभी स्पोर्टेजको फेसलिफ्ट मोडल चाँडै बजारमा आउने भएको छ ।
आगामी साता लन्च हुने अनुमान गरिएको फेसलिफ्ट स्पोर्टेजको युरोपियन सडकमा यसको परीक्षणका क्रममा खिचिएका तस्वीरहरू बाहिरीएको हो ।
सन् २०२१ मा लन्च भएको पाँचौं जेनेरेशन किया स्पोर्टेजको मिडलाइफ फेसलिफ्ट हुने भएको हो । नयाँ स्पोर्टेजको फ्रन्ट फेसिया नयाँ डिजाइनको भएको छ । यसमा रेक्ट्रयाङगुलर ग्रिल र भर्टिकल हेडलाइट सेटअप रहेको छ ।

यसको तल वाइड लोअर एयरइनटेक तथा क्युब जस्तो डिजाइनको फगलाइट देख्न सकिन्छ । रियर बम्पर र ब्याकलाइटको डिजाइन पनि रिभाइज भएको देखिन्छ ।
यसको इन्टेरियरमा ड्यासबोर्डको वारपार नयाँ कर्भ डिस्प्ले रहेको छ भने यसको ड्यासबोर्ड समेत नयाँ डिजाइनको देखिएको छ । यसमा नयाँ डिजाएइनको स्पोर्टी टुस्पोक स्टेरिङ ह्वील रहेको देखिन्छ भने गियर सिफ्टर पनि नयाँ रहेको छ । यो एसयूभीमा विभिन्न कस्मेटिक र टेक अपग्रेड भएको छ ।
कियाले स्पोर्टेजमा १.६ लिटरको टर्बो चाज्र्ड माइल्ड हाइब्रिड, १.४९ किलोवाट आवरको ब्याट्रीप्याक सहितको हाइब्रिड, तथा १३.८ किलोवाट आवरको ब्याट्रीप्याक सहितको इकोफ्रेन्ड्ली प्लगइन हाइब्रिड इन्जिन अप्सन दिएको छ । यसको इलेक्ट्रीक मात्रको रेन्ज ६९ किलोमिटर सम्म रहने छ ।
यो एसयूभीमा सिक्स स्पीड म्यानुअल तथा सेभेन स्पीडको ड्युल क्लच टास्मिसनको अप्सन रहेको छ ।


