अफरोडका लागि मिनी फर्चुनर बनाउँदै टोयोटा

काठमडाौं । भारतीय बजारमा महिन्द्रा स्कर्पियो तथा थार रक्सको सफलताबाट लोभिएको टोयोटा मिनी फर्चुनरको विकासमा लागेको छ ।

भारतीय बजारमा सफल फर्चुनर र अर्वान क्रुजर हाइराइडरको बीचमा पोजिसन हुने नयाँ एसयूभी फोरह्वील डाइभ क्यापासिटी सहितको हुनेछ । यो एसयूभी पनि फर्चुनरको जस्तै बडी अन फ्रेम च्यासिसमा बन्नेछ ।

टोयोटाले यसका मल्टिपल बडी स्टाइल सपोर्ट गर्ने अल न्यू फ्लेक्जिबल प्ल्याटफर्मको डिजाइन गरिरहेको छ । यो इनोभा हाइक्रस बनेको टीएनजीए प्ल्याटफर्म भन्दा फरक हुनेछ ।

टोयोटाले भारतीय बजारमा फुल साइज एसयूभी सेग्मेन्टमा एकछत्र राज गरिरहेको छ । टोयोटाले क्रमिक रुपमा फर्चुनरको मूल्य समेत बढाइरहेको छ । टोयोटाको रिलायबिलिटीका कारण यसको बिक्री पनि राम्रै रहेको छ ।

टोयोटाले मिनी फर्चुनरमा प्योर पेट्रोल र स्ट्रङ हाइब्रिड इन्जिन दिने सम्भावना रहेको छ । भविष्यमा टोयोटाले यो मोडललाई इलेक्ट्रीक पावरटेनमा समेत ल्याउने सम्भावना रहेको छ । पेट्रोल र हाइब्रिडको कम्बिनेसनमा इनोभा हाइक्रसमा रहेको फोर सिलिण्डर २.० लिटरको इन्जिन रहने छ ।

मिनी फर्चुनर जस्तो डिजाइन क्लू रहने यो एसयूभी टोयोटाको महाराष्टको औरङगावादमा रहेको नयाँ प्लाण्टको पहिलो मोडल हुने सम्भावना रहेको छ । यसको उत्पादन भने सन् २०२७  देखि सुरू हुने बताइएको छ ।


Back_to_top