काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी बजाजले १२५ सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याएको छ । कम्पनीले १२५ सीसी सेग्मेन्टमा पल्सर एन १२५ भारतीय बजारमा सार्वजनिक गरेको हो ।
भारतीय बजारमा प्रिमियम कम्यूटर सेग्मेन्टमा टीभीएस रेडर १२५ र हिरो एक्स्ट्रीम १२५ सँग प्रतिस्पर्धा गर्न बजाजले पल्सर एन १२५ ल्याएको हो ।
प्रिमियम कम्युटर सेग्मेन्टमा टीभीएस र होन्डाले राम्रो व्यापार गरिरहेको छन् । यो सेग्मेन्टमा टीभीएस रेडर र हिरो एक्स्ट्रीम १२५ आर अक्टोवर २०२४ मा दुई कम्पनीले ५५ हजार यूनिटभन्दा धेरै मोटरसाइकल बिक्री गरेका छन् । बढ्दो १२५ सीसी प्रिमियम कम्युटर सेग्मेन्टमा बजाजले ल्याएको पल्सर एन १२५ ले राम्रो प्रतिस्पर्धा दिने अनुमान गर्न सकिन्छ ।
पल्सर एन १२५ यो सेग्मेन्टको हिरो एक्स्ट्रीम १२५ आर तथा टीभीएस रेडरको तुलनामा अझै स्पोर्टी देखिएको छ ।
पल्सर एन १२५ मा ट्याङ्क एक्स्टेन्सन, फ्रन्ट फर्क कभर, एलईडी हेडल्याम्प सेटअप, स्प्लीट सिट, अलोय ह्वील, डिस्क ब्रेक तथा अन्डरबेली एक्जष्ट पाउन सकिन्छ ।
यसका अलावा यो मोटरसाइकलमा एलसीडी डिजिटल क्लस्टर, ब्लुटूथ कनेक्टिभिटी, टर्न वाई टर्न नेभिगेशन, जस्ता फिचर उपलब्ध छन् ।
यो मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सका साथै रियरमा मोनोशक सस्पेन्सन उपलब्ध छ । यसको फ्रन्टमा एग्रेशिभ डिजाइन डबल पल एलइडी हेडल्याम्प, एलइडी टेललाइट, डिस्क ब्रेक, सीबीएस ब्रेकिङ, १७ इन्च अलोय ह्वील जस्ता फिचर उपलब्ध छन् ।
बजाज पल्सर एन १२५ मा १२४.८ सीसी सिंगल सिलिन्डर इन्जिन उपलब्ध छ । यो इन्जिनले १२ पीएस पावरका साथै ११ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियर बक्स जडान गरिएको छ ।
दुई भेरियन्टमा सार्वजनिक भएको पल्सर एन १२५ को सुरुवाती मूल्य ९४ हजार ७०७ भारतीय रुपैयाँ ९एक्स सोरुम० र टप भेरियन्टको मूल्य ९८ हजार ७०७ रुपैयाँ तोकिएको छ ।

