तीन ब्राण्ड, तीन अफरसहित एमएडब्लूको ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

काठमाडौं । नेपालका लागि दीपल, सेरेस र नामी ब्रान्डको आधिकारिक वितरक एमएडब्लू वृद्धिले भैरहवा र बुटवलका उपभोक्तालाई लक्षित गरेर ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । बुटवलको क्लब डेनोभोमा आउँदो कार्तिक २७ गतेदेखि तीन दिने चल्ने क्याम्पमा तीनवटै ब्राण्डमा उपभोक्ताले अफर पाउने छन् ।

मेलामा ईभी किन्न चाहने लुम्बिनी प्रदेशका ग्राहकले दीपल बजेट अगाडिको मूल्य ७१ लाख ९९ हजारमा, सेरेसमा दिइएको नाडा अफर ४५ लाख ४९ हजार रुपैयाँमा र नामी ईभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउने छन् ।

यस मेलामा टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लू वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’ ग्राहकले पाउने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने छन् । ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’को व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । साथै, दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा कर्जा सेवा उपलब्ध हुनेछ ।

यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका दीपल, नामी र सेरेसका गाडी टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’को मज्जा लिन सक्नेछन् । एमएडब्लू वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प अघि दीपल र नामीको क्षेत्रीय लन्च पनि गर्ने जनाएको छ ।


Back_to_top